News

पोखरामा सडक भासियो, ओढार बन्यो घर

पोखरामा सडक भासियो, ओढार बन्यो घर

पोखरा महानगरपालिका–४ मा सडकसहित एक घर भासिएको छ । फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको छ।

वडाध्यक्ष देवीकृष्ण पराजुलीका अनुसार लगातारको भारी वर्षाका कारण सडक भासिएको हो। सडकसँग एउटा घर पनि भासिएको उनले वताए । घरको बाहिरी भाग सुरक्षित देखिएपनि भित्री कोठा भासिएर ओढारजस्तो भएको छ ।

महानगरको टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेको छ । सामान्य वर्षामा समेत पोखराका विभिन्न ठाउँमा सडक भासिँदै आएको छ । जमिनभित्र चुनयुक्त माटो भएको र बर्खामा पानीको सम्पर्कमा आउँदा पग्लिएर सडक भ्वाङ पर्ने गरेको विज्ञहरुको भनाई छ। 
 

यता पहिरोका कारण पोखरा–सिक्लेस सडक ३ दिनदेखि अवरुद्ध छ । मादाी गाउँपालिकाको विभिन्न वडाका ५ ठाउँमा पहिरो गएकाको छ। मादी–७, वडा नम्बर ६ चिप्ली र तप्राङको बीचमा, मादी १ को क्वोंदो खोलाको वारि र पारि दुवैपटी पहिरोले गएको छ।

सिक्लेस कास्कीको चर्चित पर्यटकीय गुरुङ गाउँमध्ये पर्छ । 
 

विशेष