News

लोकदोहोरी गायिका दिलमायाको हत्या हो की आत्महत्या ?

लोकदोहोरी गायिका दिलमायाको हत्या हो की आत्महत्या ?

‘आत्महत्या’ गर्ने आसयमा फेसवुक स्ट्याटस लेखेकी लोकदोहोरी गायिका दिलमाया सुनारको शव भेटिएको छ। काठमाडौंको तारकेश्वर–११, नेपालटारस्थित आफनै डेरामा उनी मृत भेटिएकी हुन।

दिलमायाको हत्या भएको हो वा आत्महत्या गरेकी हुन यकिन भएको छैन। प्रहरीका अनुसार उनको घाँटीमा डाम देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

उनको पतिसँग सम्बन्धविच्छेद भएको छ भने छोरा सुर्खेतमा वस्दै आएका छन् । उनी एक्लै बस्दै आएको पाईएको छ। 

दिलमायाले फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गर्दै घरवेटी र अरु कसैलाई दोस नदिन आग्रह गरेकी छिन् ।

घटना शंकास्पद भन्दै प्रहरीले सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेका थिए। 

गायिका दिलमायाले ख्यातिप्राप्त लोकगायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी छन्। राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट घोषित भएकी उनी लाइभ दोहोरी गीतका कारण पनि चर्चित थिइन् ।

विशेष