News राजनीति

शनिवार साँझ वालुवाट पुगेका मन्त्रीलाई देउवाको यस्तो छ जवाफ

शनिवार साँझ वालुवाट पुगेका मन्त्रीलाई देउवाको यस्तो छ जवाफ

शनिवार साँझ वालुवाट पुगेर फर्केका नेकपा एकीकृत समाजवादीका तीन मन्त्रीहरुले आफूहरुलाई सरकारबाट नहटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएर फर्केको पाईएको छ।

नेकपा एसको शनिवार सम्पन्न केन्द्रिय कमिटि वैठले मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय कार्यान्वयन गराउन दवाव दिने निर्णय गरेपछि मन्त्रीहरु प्रधानमन्त्रीसँग गुहार माग्न पुगेका हुन। सहरी विकास मन्त्री रामकुमारी झाक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रम मन्त्री किसान श्रेष्ठले प्रधानमन्त्री देउवालाई मन्त्री पदमा कायम राख्न अनुरोध गरेको एकीकृत समाजवादीका एक नेताले बताए ।

‘हामी मन्त्री भएको जम्मा ६ महिना भयो । हामीलाई पार्टीले हटाउने निर्णय गरी सक्यो । तपाई (प्रधानमन्त्री) ले भूमिका खेलिदिनुपर्याे’ भन्दै उनीहरुले हारगुहार गरेपछि प्रधानमन्त्रीले परिस्थिति हेरेर निर्णय लिने बताएका ति नेताले वताए ।

प्रधानमन्त्रीले एकीकृत समाजवादीको निर्णय कार्यन्वयन गर्न ढिला गरेपनि मन्त्रीहरुले तत्काल कार्यन्वयन गर्न नसक्नु दुःखद भएको ती नेताको भनाई छ। ती मन्त्रीहरु पद थमौती गर्न माग गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि गुहार मागिरहेको वताईन्छ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक समेत चार मन्त्रीले वहिस्कार गरेका थिए ।

यो पनि,

विशेष