News राजनीति

पूर्णबहादुर खड्का सहभागि हुने कार्यक्रम शेखर पक्षद्वारा वहिस्कार

पूर्णबहादुर खड्का सहभागि हुने कार्यक्रम शेखर पक्षद्वारा वहिस्कार

नेपाली कांग्रेस प्रदेश समितिले सुर्खेत सभाहलमा जनप्रतिनिधिलाई राखेको अभिमुखीकरण कार्यक्रम डा. शेखर कोईराला पक्षका नेता/कार्यकर्ताले वहिस्कार गरेका छन् ।

कार्यक्रममा सहभागि हुन उपसभापति पूर्णबहादुर खड्का सुर्खेत आगेपछि कांग्रेसका अर्का नेता हृदयराम थानी भने काठमाडौं उडेका छन् । पूर्वमन्त्री समेत रहेका थानी काठमाण्डौं हिडेपछि उनी पक्षका नेताकार्यकर्ताहरुले समेत कार्यक्रम बहिष्कार गरेका हुन् ।

स्थानीय तहमा आफनो समूहका कोही पनि निर्वाचित नभएको र मुख्य नेता पनि काठमाण्डौं हिडेकाले कार्यक्रममा सहभागिता नजनाउने संस्थापनइतरका एक नेताले वताए । कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले नेता थानीलाई समेत कार्यक्रममा सहभागी हुन भन्दै खबर गरिएको तर वहाँ काम विशेषले काठमाडौं जानु भएको हुन सक्ने वताए ।

स्थानीय चुनावमा गठबन्धनबाट भागबण्डा गर्दा कांग्रेसले पाउने सिटमा शेखर समूहले ४० प्रतिशत दाबी गरेको थियो । त्यहीँबाट दुई समूहबीच तिक्तता सुरू भएको थियो ।

९ वटामध्ये अघिल्लोपटक कांग्रेसले ६ पालिकासहित जिसस पनि जितेको थियो । तर, यसपटक गठबन्धन हुँदा पनि जिसस गुमाएको छ। कांग्रेसले गुर्भाकोट नगरपालिका, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिका जितेको थियो ।

जिल्लाको आन्तरिक विवादले आगामी संघीय र प्रदेश निर्वाचनमा समेत असर पर्न सक्ने भन्दै कांग्रेसकै नेता–कार्यकर्ता चिन्तित छन् । 
 

विशेष