News

महान्यायाधिवक्ताले किन भने विश्वराज प्रतिस्पर्धी त हुन, उपयुक्त होईनन्

महान्यायाधिवक्ताले किन भने विश्वराज प्रतिस्पर्धी त हुन, उपयुक्त होईनन्

महान्यायाधिवक्ता खम्म खातीले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदका लागि विश्वराज पोखरेल उपयुक्त पात्र नै नभएको भन्दै वहस गरेका छन् । उनले धीरजप्रताप सिंह नै आइजिपीको उपयुक्त पात्र भएको बताए।

सरकारले गरेको प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध एआईजी पोखरेलले हालेको रिटमाथि प्रतिवादीका तर्फबाट सोमबार सर्वोच्च अदालतमा बहसमा सहभागी हुँदै खातीले भने ‘आईजीपीका लागि उपयुक्त धीरजप्रताप सिंह नै हुन। विश्वराज पोखरेल पनि प्रतिस्पर्धी त हुन् तर प्रहरीको नेतृत्व दिने उपयुक्त होइनन्।’

खातीले डीआईजी र एआईजीबाट आईजीपी बनाउँदा फरक फरक व्यवस्था रहेको जानकारी गराए।
आईजीपी बनाउने कुरा सरकारको विशेषाधिकार भित्र पर्ने र विश्वराजलाई सरकारले उपयुक्त नदेखेकाले उपयुक्त नदेखेको व्यक्तिलाई जेष्ठताकै आधारमा आईजीपी बनाउनु पर्छ भन्ने नभएको खातीले तर्क गरे।

यसअघि सात जना न्यायाधीशको इजलासले पनि सरकारको विशेषाधिकारबारे व्याख्या गरिसकेको विषय पनि उनले बहसका क्रममा स्मरण गराए। यतिखेर सर्वोच्च अदालतमा आईजीपी मुद्दाको  सुनुवाइ भइरहेको छ। सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा सरकारी वकिलहरूले बहस सुरु गरेका हुन्। 

यो मुद्दाको प्रारम्भिक सुनुवाइकै क्रममा रिटलाई अग्राधिकार दिँदै पेशी दुवै पक्षले सार्न नमिल्ने र लगातार सुनुवाइ गरी अन्तिम फैसला गर्नु भन्ने आदेश भए पनि मुद्दाको टुंगो लाग्न सकेको छैन। 
 

प्रहरी महानिरीक्षक

विशेष