News

अधुरो काम पुरा गर्न नपाएर झाँक्रीलाई पीर, यस्तो थियो सोच

अधुरो काम पुरा गर्न नपाएर झाँक्रीलाई पीर, यस्तो थियो सोच

नेकपा एकीकृत समाजवादीका तर्फबाट सहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्री मन्त्रालयबाट विदा हुँदै गर्दा भाव विह्वल भईन। विदाईका लागि आयोजित पत्रकार सम्मेलनमा उनमा आखा सुरुदेखि अन्तिमसम्म रसाई रहे।

झण्डै ९ महिनाको अवधिमा दीर्घकालसम्म प्रभाव पार्ने नीतिगत काम गरेको दाबी गरेकी उनले ३७ वुँदामा आफुले गरेका कामको फेहरिस्त प्रस्तुत गरिन। २२ असोजमा मन्त्री बनेकी झाँक्री ८ महिना २० दिन मन्त्रीको जिम्मेवारीमा रहिन। मन्त्रीको पद वहाली गर्दै गर्दा उनी जसरी उन्मुक्त हाँसो र खुसी साथ प्रवेश गरेकी थिईन, त्यही रुपमा विदा हुन भने सकिनन्।

शहरी विकास मन्त्रालयले आयोजना गरेको ‘पत्रकार सम्मेलन र फेरि  भेटौंला’ कार्यक्रममा आधा घण्टाभन्दा लामो अवधि उनले रुएरै विताईन। सुरुमा आँसु लुकाउन खोजिन तर, सफल हुन सकिनन्। सम्भवतः मन्त्रालयबाट विदा हुँदै गर्दा मन्त्री रुदै हिडेको यो इतिहाँसमै पहिलो घट्ना हुनु पर्छ।

उसो त नेकपा एसले मन्त्री फर्ने विषयमा जेठ २२ गते नै निर्णय गरेको थियो। तर, प्रेम आलेदेखि रामकुमारीसम्मले पार्टीको निर्णय स्विकार गरेनन्। वरु पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसम्मलाई भेटेर आफुहरुलाई नहटाउन दवाव दिईरहे। केही दिनअघि अध्यक्ष माधव नेपालको निवास कोटेश्वरमा भएको छलफलका क्रममा त झाँक्रीले नेपाललाई हप्काएको घरवाहिरसम्म सुनिएको चर्चा छ।

यो परिघटनाले रामकुमारीमाथि पनि ‘पदको आशक्ति’ देखाएको दाग लाग्यो। अझ आइतबारको उनको बलिन्द्र धारा आँशुले त्यो आशंकालाई अझै पुष्टि गरेको छ। तर उनले भने आफुले वनाएको बजेटको डिफेन्स गरेर पद त्याग्न खोजेको प्रष्टिकरण दिएकी छन्।

प्रधानमन्त्रीले पनि बजेटसम्म बसेर काम गर्नुस् भनेकाले आफुहरु पर्खेर वसेको उनको भनाई छ। ‘बजेटको डिफेन्स गर्ने कुरा मलाई चाँहि अलि बढी रहर थियो’ उनले भनिन्–‘किनभने, हामीले काम गरेका थियौं, त्यो कुरा भन्न र स्थापित गर्न रहर थियो।’

शहरी विकास मन्त्रालयमा मन्त्री झाँक्रीको कार्यसम्पादन सन्तोषजनक नै थियो । पछिल्लोसमय काठमाडौंको फोहोर व्यवस्थापनमा मेयर बालेन्द्र साहसँग सहकार्य गरेर उनले आफ्नो लोकप्रियता बढाएकी थिइन् । तर, यहीबीचमा पदबाट हात धुनुपर्यो। उनको आँशु त्यसैको परिणाम भएको कतिपयको वुझाई छ।

उनले पद छोड्न केही ढिला भएको विषयमा प्रष्टिकरण दिएपनि अहिले सामाजिक सञ्चालमा उनकै आँशुको चर्चा छ। कसैले पद छोड्नु पर्दाको पीडा भनेर आलोचना गरिरहेका छन् भने कतिपयले विषय र कारण जे सुकै भएपनि आँशुको अवमुल्यन गर्न नहुने तर्क गरिरहेका छन् ।
 

रामकुमारी झाँक्री

विशेष