News

इमानका साथ सोझो मनले, जनताको भलो चिताएरै काम गरेर विदा भएको झाँक्रीको दावी

इमानका साथ सोझो मनले, जनताको भलो चिताएरै काम गरेर विदा भएको झाँक्रीको दावी

नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले इमानका साथ सोझो मनले, जनताको भलो चिताएर आफ्नो शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भएको दावी गरेकी छिन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो दावी गरेकी हुन। आफूले शहरी विकास मन्त्री हुँदा गरेको काम नीतिगत रुपमा ठूलो प्रस्थानविन्दू (डिपार्चर) भएको दावी उनको छ। आफूले मन्त्री हुँदा गरेको कामको परिणाम आइरहेका र भविष्यमा पनि देखिँदै जाने बताएकी छन् ।

‘यो बीचमा कार्यपालिका मात्र होइन, न्यायपालिका, व्यवस्थापिका जस्ता राज्यका अंगहरूका प्रमुखज्यूहरू सँग सार्वजनिक सरोकारका विषयहरूमा पटक पटक परामर्श गरेर इमानका साथ सोझो मनले, जनताको भलो चिताएर आफ्नो शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भएकी छु। त्यसका परिणामहरू आइरहेका छन्, आइरहने छन्’ उनले लेखेकी छिन्–‘मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो डिपार्चर हो भन्नेमा दुई मत छैन ।’

उनले नवनियुक्त मन्त्री  मेटमणी चौधरीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी छिन्! झाँक्रीले ८ महिना २० दिन मन्त्री भएर आइतबार शहरी विकास मन्त्रालयबाट विदा लिएकी थिइन् । 

यस्तो छ उनको फेसवुक स्ट्याटस
मलाई शहरी विकाश मन्त्रीको जिÞम्मेवारीमा सिफारिस गर्ने मेरो दल, दलका नेता कमरेड माधव कुमार नेपाल, गर्न सक्ने र केही गर्न खोज्ने मन्त्रीलाई प्रशस्त मौका र विश्वास गर्ने सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा, गठबन्धन दलका नेता कमरेड प्रचण्ड, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, मन्त्री परिषदका मेरा सिनियर सहकर्मी मन्त्री दाई दिदीहरू, मूख्य सचिव, विभिन्न सरोकार रहने मन्त्रालय र योजना आयोगका सचिवहरू, मेरो मन्त्रालयका सचिव, जंगी, प्रहरी लगायत सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, सहसचिवहरू, विभिन्न निकायका पदाधिकारीहरू, मेरो निजी सचिवालय, स्वकीय सचिवालयका सहकर्मीहरू प्रति हार्दिक आभार ब्यक्त गर्न चाहान्छु ।

खास गरी मेरो मन्त्रालयको समग्र टिम जसले मलाई शहरी भाषा बोल्न सिकाउनु भयो उहाँहरू प्रत्येकलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आफ्नो जिम्मेवारीमा कहिल्यै संझौता नगर्ने अंगरक्षक, ब्यक्तिगत सुरक्षा अधिकारी, सहयोगी भाई बहिनीहरू सबै प्रति हार्दिक धन्यवाद!

मेरा सुभेच्छुक साथिहरू पत्रकार मित्रहरू विकास साझेदार संस्था र प्रतिनिधिहरू, निजी क्षेत्रका मेरा मार्गदर्शकहरू, मेरो पथप्रदर्शक मेरो श्रीमान, मेरो परिवार र मेरो सानो छोरा जसको समय मैले सार्वजनिक जीवनमा लगाएँ‘ सबैप्रति  ऋणी छु । मलाई आलोचना गरेर मौका दिने मेरो पार्टीका विभिन्न जनसंगठनका नेता तथा ‘कार्यकर्ताहरू’ प्रति हार्दिक हार्दिक धन्यवाद! सबै दल सम्बद्ध मेरा मित्रहरू तपाईहरूलाई सधै सम्झिन्छु । म प्रति आशावादी हुने सम्पूर्ण बुद्धिजीवी, पत्रकार र आम नागरिक हरू प्रति हार्दिक धन्यवाद ! म तपाईंहरूको आशालाई निराश हुन दिने छैन भन्ने संकल्प लिदै अगाडि बढ्नेछु ।

यो विचमा कार्यपालिका मात्र होईन, न्यायपालिका, व्यवस्थापिका जस्ता राज्यका अंगहरूका प्रमुखज्यूहरू सँग सार्वजनिक सरोकारका विषयहरूमा पटक पटक परामर्श गरेर इमानका साथ सोझो मनले, जनताको भलो चिताएर आफ्नो शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भएकी छु । त्यसका परिणामहरू आइरहेका छन्, आइरहने छन् । मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो डिपास्चर हो भन्नेमा दुई मत छैन । 

साथै नवनियुक्त मन्त्री जीले मैले नीतिगत रुपमा अगाडि बढाएका विषयलाई निरन्तरता दिनु नै हुनेछ भन्नेमा ढुक्क छु । साथै माननीयन मन्त्री मेटमणी चौधरीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

रामकुमारी झाँक्री

विशेष