लिफ्ट लिएका अपरिचितले गाडी नै लुटेर भागे
![लिफ्ट लिएका अपरिचितले गाडी नै लुटेर भागे](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/06/lutpat.jpg)
कैलालीमा लिफ्ट मागेर गाडी चढेका अपरिचित ब्यक्तिले गाडीधनीलाई लुटेका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरीमा गाडीधनीलाई कुटपिट गरी लुटपाट गरिएको हो।
महेन्द्रनगरबाट लिफ्ट मागेर गाडीमा चढेका ३ जनाले गोदावरी ५ मा पुगेपछि गाडी धनी डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेका हुन। उनलाई उनीहरुले भण्डारीसँग भएको गहना तथा नगद लुटपाट गरेको जनाईएको छ।
गाडीमा सँगै आएका उनीहरुले फोटो खिच्न भन्दै गाडी रोक्न भने। गाडी रोकेपछि हातमुख बाँधेर ढुंगाले हानेर गाडी उतै फर्काएर लगेको जनाइएको छ । भण्डारीलाई सडक छेउमा लडिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
उनको पद्या अस्पतालमा उपचार भइरहेको र लुटिएको गाडी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।