News

संसदलाई अर्थमन्त्रीको जवाफः विचौलिया प्रकरणमा राजिनामा दिन्न

संसदलाई अर्थमन्त्रीको जवाफः विचौलिया प्रकरणमा राजिनामा दिन्न

वजेटमा करको दर हेरफेर गर्न विचौलिया प्रयोग गरेको विषयमा अर्थमन्त्री जनार्दन शर्माले आफनो तर्फबाट राजिनामा नदिने अन्तिम निस्कर्ष सुनाएका छन् । उनले बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने बताए।

बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले भने–‘बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्दैन । मेरो निर्णयमा म जवाफदेही छु। बजेट जनता र देशको पक्षमा ल्याएका कारण केहीलाई अनैतिक लागेको हुनुपर्छ ।’

उनले आफनो क्षेत्राधिकारमै रहेर वजेटमा करको दर हेरफेर गरेको दावी गरे। करको दर रेट घटाउने र बढाउने कुरा अर्थ मन्त्रालयको क्षेत्राधिकार र नियमित काम भएको भन्दै उनले यसको विरोध गर्नुको औचित्य नभएको बताए । करका दर चलाएर उद्योग क्षेत्र, मुलुक र जनतालाई हित गरेको पनि उनले दाबी गरे । 

बजेटको लक्ष्य र प्राथमिकता पूरा हुने भन्दै उनले बजेटले सबै वर्ग र क्षेत्रको सुझाव तथा छलफल स्वीकार गरेको पनि बताए ।
 

जनार्दन शर्मा

विशेष