टाट पल्टिएकै हो आयल निगम, किन धितो राख्दैछ ४० रोपनी जग्गा ?
![टाट पल्टिएकै हो आयल निगम, किन धितो राख्दैछ ४० रोपनी जग्गा ?](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/06/noc.jpg)
नेपाल आयल निगमले जग्गा धितो राखेर अर्बौ रुपैयाँ ऋण लिन लागेको छ। निगमले केन्द्रीय कार्यालय रहेको टेकुको ४० रोपनीभन्दा धेरै जग्गा धितोमा राख्न लागेको जनाईएको छ।
स्रोतका अनुसार अर्थमन्त्रालयले बैंकमा जग्गा धितो राखेर ऋण लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई पत्र पठाएको छ । पत्रमा अर्थ मन्त्रालयले निगमलाई दिनु पर्ने ३ अर्ब सोधभर्नाको रकम लिन जग्गा धितोमा राख्न भनिएको छ ।
भारतबाट महँगोमा तेल किनेर नेपालमा घाटामा बेचिरहेको निगम टाट पल्टिएपछि ऋण तिर्न जग्गा धितो राखेर ऋण निकाल्ने उपाय खोजिएको हो।