News

वाढि र डुवानका कारण विराटनगरका विद्यालय तीन दिन बन्द

वाढि र डुवानका कारण विराटनगरका विद्यालय तीन दिन बन्द

विराटनगर महानगरपालिकाका विद्यालय तीन दिनका लागि विदा भएका छन् । बाढीबाट विस्थापितलाई राख्ने ठाउँ अभाव भएपछि आकस्मिक वैठक वसेर विद्यालय बन्द गर्ने महानगरपालिकाले निर्णय गरेको हो ।

‘बाढीले धेरै मानिस विस्थापित हुनुभएको छ, उहाँहरुलाई अहिले कहाँ राख्ने भन्ने विषयमा ठाउँको अभाव भयो। विद्यालयमा राख्नका लागि तीन दिन विदा दिने निर्णय गर्यौं’– मेयर नागेश कोईरालाले भने।

मंगलबार साँझ बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो । बैठकले अविरल वर्षाका कारण महानगरका विभिन्न क्षेत्रहरू डुबानमा परेको र डुबानको प्रकोप अझ बढ्ने सम्भावना रहेकाले आमनागरिकको सुरक्षाका लागि सामुदायिक, संस्थागत र परम्परागत विद्यालयहरूसहित सामुदायिक भवनहरुलाई आवासका लागि व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।

वैठकमा कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतसहित १९ वटै वडाका अध्यक्षहरूको उपस्थिति थियो।

अहिले गरिएको विदालाई बर्खे विदामा कटौती गर्ने निर्णय भएको मेयर कोइरालाले जानकारी दिए । 

विशेष