News

१२ वर्षपछि पक्राउ परे खुंखार गैडा शिकारी

१२ वर्षपछि पक्राउ परे खुंखार गैडा शिकारी

चितवनका एक खुंखार गैडा शिकारी अभियोग पुष्टि भएको १२ वर्षपछि सोमवार पक्राउ परेका छन् । उनले चितवन राष्ट्रिय निकुञ्जमा कम्तीमा चार वटा गैंडा मारेको पुष्टि भएको छ।

चितवनको कालिका नगरपालिका–९ शक्तिखोरका ४१ वर्षीय रामकुमार प्रजालाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले हेटौंडाबाट पक्राउ गरेको हो। सिकारीको जालो पछ्याउँदै जानेक्रममा रामकुमार पक्राउ परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

उनी विरुद्ध ०६७ सालमा गैंडा चोरी सिकारी, खाग बिक्री÷वितरण र ओसार÷पसारको मुद्दा दर्ता भएको थियो। त्यसपछि पनि उनीविरूद्ध तीनवटा मुद्दा दर्ता भएर सजायको फैसला भएको थियो। ०७२ असार ३० गते उनलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएको छ।

उही मुद्दाका चितवनको कालिका–११ सैपाम घर भएका ठूलोकान्छा र सागर प्रजा नामले चिनिने विन्दर सिंह प्रजालाई पक्राउ गरेको ९ महिनापछि रामकुमारलाई पक्राउ परेका हुन।


 

गैडा शिकारी

विशेष