राष्ट्रपति र प्रधानमन्त्रीको एक घण्टा लामो भेटमा के भयो कुराकानी ?
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलवार साँझ एक घण्टा भेटवार्ता भएको छ । शीतल निवासमा साँझ साढे ५ देखि साढे ६ बजेसम्म दुवै जनाबीच भेटवार्ता भएको हो।
भेटबार्ताका क्रममा राष्ट्रपति भण्डारीले बाढी–पहिरोका विषयमा जिज्ञासा राखेकी थिईन। जवाफमा देउवाले सरकारका निकायहरू अलर्ट अवस्थामा रहेको बताए । भण्डारीले प्रधानमन्त्रीलाई हैजा देखिएको विषयमा त्यसलाई फैलिन नदिन आवश्यक सतर्कता अपनाउन सुझाव दिएकी थिईन।
खेतीको समयमा किसानहरूले भोग्दै आएको मल तथा बिउबिजनको समस्या समाधानका लागि सुझाव दिदै एसपीपीका विषयमा पनि चासो राखेको स्रोतको जनाईन। उनले एसपीपी शब्द उच्चारण नगरी नेपालको असंलग्न परराष्ट्र नीतिमा आँच आउन दिन नहुने वताएकी थिईन।
जवाफमा प्रधानमन्त्रीले एसपीपीको विषयमा सबै दलहरूबिच समान धारणा रहेको भन्दै यसको समाधान भइसकेको प्रस्ट पारेका छन् ।
राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावका विषयमा पनि चासो राखेकी थिईन। राष्ट्रपतिको चासोलाई प्रधानमन्त्री देउवाले व्रिफिङ गरेर चित्त वुझाएको जनाईएको छ।