News

माओवादीमा विद्रोह गरेर स्वतन्त्र, अध्यक्ष जितेर फेरी माओवादी !

माओवादीमा विद्रोह गरेर स्वतन्त्र, अध्यक्ष जितेर फेरी माओवादी !

कालिकोट जिल्ला नेकपा (माओवादी केन्द्र) को आधार ईलाका हो। गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा कालिकोटका कतिपय स्थानीय तहमा उम्मेदवारीका विषयमा विवाद भयो।

विवादित पालिका मध्ये शान्नि त्रिवेणी गाउँपालि पनि एक हो। त्यहाँ माओवादीले डम्वर बहादुर शाहीलाई अध्यक्षको उम्मेदवार बनायो। अर्को पक्ष यो निर्णयबाट असन्तुष्ट भयो। जसको फलस्वरुप मोहन बहादुर केसी (महेश) बागी बनेर अध्यक्षमा उम्मेदवारी दिए ।

नभन्दै स्वतन्त्र उम्मेदवारी दिएका केसी अध्यक्षमा निर्वाचित भए । पार्टीका नेताहरुले केही गरेनन् भनेर निरास भएका मतदाताले उनलाई स्वतन्त्र उम्मेदवारका रुपमा अध्यक्षको कुर्सीमा पुर्याए । केसीले माओवादीकै उम्मेदवार डम्वरवहादुरलाई हराए। केसीले १८१९ मत पाउँदा, माओवादीका शाहीले १३३४, एमालेका व्यासी तिरुवाले ९८५ र नेपाली कांग्रेसका मथुरा प्रसाद जैसीले ९४६ मत पाए ।

स्वतन्त्र हुँ भन्दै चुनाव जितेका तिनै केसी अहिले फेरी माओवादीकै सरणमा पुगेका छन् । उनले आफु माओवादी केन्द्रमै रहेको बताए।

केसीले विहिवार विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल खुमलटार पुगेर भेटवार्ता गरेका छन् । भेटमा उनले आफू माओवादी केन्द्रमै रहेको बताएको दाहालको सचिवालयले जनाएको छ । केसीलाई अध्यक्ष दाहालले बधाई दिए।

उनी माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा अध्यक्ष÷उपाध्यक्ष तथा मेयर÷उमपेयरमा निर्वाचित भएकाहरुका लागि काठमाडौंमा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छन् ।

विशेष