पद खुस्केका मन्त्री र माधव नेपालबीच बोलचालै बन्द !

बलपुर्वक सरकारबाट फिर्ता गरिएका नेकपा (एकीकृत समाजवादी) का नेताहरु र अध्यक्ष माधवकुमार नेपालबी बोलचाल वन्द भएको छ। सरकारबाट फिर्ता भएका मन्त्रीहरूले ‘आफूलाई ६ महिनाका लागि मात्रै सरकारमा पठाइएको हो’ भनेको सुन्न चाहे पनि उनीहरुले नवताएको नेपालले गुनासो गरे।
फिर्ता भएपछि प्रेम आलेले त्यो कुरा सार्वजनिक रूपमै बोलेको वताएका अध्यक्ष नेपालले अन्य मन्त्रीहरूले समेत त्यो कुरा भन्नुपर्ने बताए । ‘४ जना मन्त्रीमध्ये अहिलेसम्म प्रेमबहादुर आलेले मात्रै ६ महिनाका लागि हामीलाई सरकारका पठाएको हो भन्नुभयो । त्यो बाहेक अरू एक जनाले पनि भनेको छैन’ उनले भने–‘अझै पनि मेरा यी कानले सुन्ने गरी, बुझिने गरी पटक–पटक ६ महिनाका लागि हामीलाई पठाएको हो भनेको सुन्न मन छ । मलाई मात्र होइन हाम्रो पार्टीलाईसमेत ६ महिनाका लागि मात्रै हामीलाई सरकारका पठाएको हो भनेको सुन्न मन छ ।’
अध्यक्ष नेपालले मन्त्रीबाट फिर्ता भएदेखि अधिकांश मन्त्रीले आफू लगायतका नेतासँग राम्रोसँग बोलचालसमेत नगरेको बताए । उनीहरु पार्टीको बैठकमासमेत सहभागी नभएको नेपालले गुनासो गरे ।
नेकपा एकीकृत समाजवादी