News

शुक्रबारसम्म हुनेछ भारी वर्षा, यस्तो छ तीन दिनको मौसम पुर्वानुमान

शुक्रबारसम्म हुनेछ भारी वर्षा, यस्तो छ तीन दिनको मौसम पुर्वानुमान

जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रवारसम्म देशभर भारी वर्षा हुने जनाएको छ। महाशाखाले नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन–यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज देशभर सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा वर्षा भइरहेको छ। काठमाडौंमा मंगलबार रातीदेखि परेको पानी रोकिएको छैन। बुधबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।

देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार
दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै मधेश प्रदेश, बाग्मती प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहिबार
देशका धेरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षा हुनेछ । राती आंशिक देखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

शुक्रबार
देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ, दिउँसोः  मौसममा बदली रहनेछ । राती आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १ का एक–दई ठाउँमा भारी वर्षाको सम्भावना छ। 
 

विशेष