News

महानगरमा बालेन्द्रको शौचालय क्रान्ति !

महानगरमा बालेन्द्रको शौचालय क्रान्ति !

देशकै राजधानी भएपनि काठमाण्डौंमा सार्वजनिक शौचालयको अभाव छ। तीव्र सहरीकरणसंगै जनघनत्व बढे पनि सार्वजनिक शौचालय थप्ने विषय भने कहिलै प्राथमिक्तामा पर्न सकेको छैन।

पर्याप्त सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले कुकुरले नपाएको दुःख पाईरहेका छन् । यत्रो आवादी र जनघनत्वको काठमाडौं महानगरभित्र अहिले मुस्किलले ५ दर्जनको संख्यामा शौचालय छन्। ति मध्ये पनि धेरैजसो शौचालय सर्वसाधारणले देख्ने ठाउँमा छैनन्। भेटिहाले पनि त्यहाँ भित्र छिर्न सक्ने अवस्था छैन। फोहोर र दुर्गन्धले अस्तब्यस्छ छ ।

यस्तो भएपछि सर्वसाधारणले दुःख नपाउने त कुरै भएन। हुनतः काठमाण्डौमा घरलौरी मात्र होईन कोठै पिछे शौचालय छन्। होटल, रेष्टुरेन्ट, सरकारी तथा गैरसरकारी कार्यालय सवैतिर शौचालय नै शौचालय छन् । तर, कार्यालयमा भएका शौचालय सर्वसाधारणले प्रयोग गर्लान भन्ने भयले भोटे ताल्चा लगाईएको हुन्छ।

ब्यक्तिगत शौचालय प्रयोग गर्न सक्ने अवस्था नै रहेन। होटल रेष्टुरेन्टमा शौच गर्न जाउँ भने ‘आम्दानी चाराना खर्च रुपैयाँ’ भने जस्तै छ। अर्कोतर्फ होटल, रेष्टुरेन्ट तथा अन्य कुनै पनि ब्यवसाय गर्नेहरुले ग्राहक आउन, सामान किनुन भन्ने चाहाना त राख्छन्। तर, शौचालय चै प्रयोग नगरिदिउनु भन्ने सोच राखेको पाईन्छ।

यति मात्रै होईन, अधिकांश घरवेटीले कोठा/सर्टर भाडा लगाउँछन्। तर, कोठा भाडा लिनेले नै शौचालय प्रयोग नगरोस भन्ने चाहान्छन्। उसले प्रयोग गरेपनि उसकोमा आउने ग्राहकका लागि त शौचालय प्रयोगमा वन्देज नै लगाईएको हुन्छ। त्यसैले वाहिरबाट उपत्यका छिर्नेहरु त काठमाण्डौंमा शौचालयकै कारणले वेहाल हुने गरेका छन।

राजाधानीको यही समस्यालाई समाधान गर्न काठमाण्डौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले अहिले ‘सार्वजनिक शौचालयको क्षेत्रमा क्रान्ति’ नै सुरु गरेका छन् । पछिल्लो समय जनप्रतिनिधिहरु प्रचारका लागि भ्युटावर बनाउनेदेखि विभिन्न महत्वकांक्षी आयोजनाहरु सञ्चालनको तयारीमा देखिन्छन्। तर, साहको योजनामा भने अहिले शौचालय परेको छ।

सार्वजनिक शौचालय जस्ता आधारभूत पूर्वाधार नहुँदाको असर राम्ररी केलाएका साहले महानगर भित्रका होटल/रेष्टुरेन्टसँग समन्वय गरेर उनीहरुका शौचालय सर्वसाधारणलाई प्रयोग गर्न दिने योजना अघि सारेका छन् ।

महानगरपालिकाको पहिलो कार्यपालिका वैठकले मेयर साहको यो प्रस्तावलाई पारित पनि गरेको छ। उनको यो प्रयासपछि सर्वसाधारणले राहतको अनुभुती गरेका छन् । उनको यो प्रयासको चौतर्फी प्रसंशा भईरहेको छ। तर, यो योजना दिर्घकालिन नहुने र त्यसका लागि महानगरले नै पर्याप्त मात्रामा शौचालय वनाउनु पर्ने जानकारहरु वताउँछन् ।

महानगरले नै केही समयअघि गरेको एउटा अध्ययनले २ सय ८४ स्थानमा शौचालय बनाउन सकिने देखाएको छ।

बालेन्द्र साह सार्वजनिक शौचालय

विशेष