News

चुम्वन प्रकरणबाट चर्चित 'भाउजु मन्त्री' विमलाले दिईन राजिनामा 

चुम्वन प्रकरणबाट चर्चित 'भाउजु मन्त्री' विमलाले दिईन राजिनामा 

प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती र छोरीलाई कुटेर विवादमा आएकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् ।

मन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएको जनाईएको छ। माओवादी केन्द्रका एक नेताले वलीले राजीनामा बुझाएको जानकारीमा आएको वताए ।

दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती मिना भण्डारी वस्नेत र छोरी एञ्जिलामाथि कुटपिट गरेपछि उनी विवादमा तानिएकी थिईन। जेठ अन्तिममा भएको उक्त घट्नाका छानबिन गर्न सरकारले समिति समेत गठन गरेको छ ।

एकराज र वलीका विचमा यसअघि नै सम्बन्ध रहेको विषय चर्चामा आएको थियो। श्रीमान दुर्घटनामा निधन भईसकेपछि पनि वली सिउँदोमा सिन्दुर लगाएर वसेको र एकराजलाई चुम्वन गरेको फोटो गत भदौमा सार्वजनिक भएको थियो । तर, उनीहरुरुले त्यो सम्बन्ध अस्वीकार गरेका थिए । 

तर, एकराजका श्रीमती र छोरीलाई कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहँदा भने वलीले एकराज आफनो प्रेमी भएको स्विकारेकी थिईन। जिल्ला प्रशासन कार्यालयमा सिडिओ हिरालाल रेग्मी र एसपी सुरेश काफ्लेले सोधपुछ गर्दा उनले एकराज आफ्नो प्रेमी भएको स्वीकार गरेकी थिईन। 

वली दाङ ३ ख बाट एमालेबाट निर्वाचित सांसद् उत्तरकुमार वलीकी श्रीमती हुन। कार दुर्घटनामा उत्तरकुमारको निधन भएपछि ०७६ मंसिर १४ मा भएको उपनिर्वाचनमा नेकपाबाट उनी प्रदेश सांसद् निर्वाचित भएकी हुन् ।

सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज गरेपछि विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो । 
 

विमला खत्री वली

विशेष