News

अख्तियारले डामेका भण्डारीका कारण रोपाईको बेला मलको हाहाकार

अख्तियारले डामेका भण्डारीका कारण रोपाईको बेला मलको हाहाकार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ३ गते पूर्ववरिष्ठ व्यवस्थापक सहायक (नासुसरह) ३० वर्षिय भीमकान्त भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर ग-यो। भण्डारीले सवा ६ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ।

०७३ असोज २१ मा सरकारी सेवा प्रवेश गरेका गुल्मीको मालिका गाउँपालिका–५ का भण्डारीले करिब चार वर्ष जागिर खाएर ०७७ साउन १ मा पदबाट राजीनामा दिएका थिए। उनले यही चार वर्षको अवधिमा पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ।

सरकारी सेवा प्रवेशअघि भण्डारीको आर्थिक स्थिति सामान्य थियो। उनी भन्दा अगाडि उनकी पत्नी विमला पन्थीले सरकारी सेवा सुरु गरेकी थिईन। विमला ०७१ बाट खरिदार पदमा कार्यरत छिन्। भण्डारीको सुरुको पोष्टिङ ०७३ मा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ग्रामीण विकास प्रशिक्षण केन्द्र कलबलगुडी, झापामा थियो। त्यसपछि उनी ०७३ कात्तिक ११ मा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा आए। ०७३ चैत २१ मा अर्थ मन्त्रालय, २०७४ चैत ७ मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र २०७४ चैत ८ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा काज सरुवा भएका उनले २०७७ असार ३० मा स्वैच्छिक अवकाश लिएका थिए ।

अख्तियारले गरेको अनुशन्धानका क्रममा भण्डारीले सरकारी सेवामा विताएको ४ वर्षको अवधिमा तलब÷भत्ता, सञ्चय कोषलगायत वैध स्रोतबाट जम्मा ११ लाख ५० हजार ९ सय ९१ रुपैयाँ ९० पैसा मात्रै आर्जन गरेको देखिन्छ। तर उनीसँग रहेको चल÷अचल सम्पत्ति र विभिन्न कम्पनी तथा संस्थामा गरेको लगानी भने अपत्यारिलो छ ।

आफू सञ्चालक रहेका पाँच वटा कम्पनीका नाममा उनले २ करोड ९५ लाख २५ हजार रुपैयाँ लगानी गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । यी कम्पनीमा सुरुमा १ करोड ७० लाख २५ हजार लगानी गरेका उनले पछि रकम बढाएका थिए ।

विध म्यानेजमेन्टमा लगानी
सरकारी सेवामै रहँदा विभिन्न निजी कम्पनीमा लगानी गर्न थालेका भण्डारी पछिल्लो समय विध म्यानेजमेन्ट प्रालिका संचालक समेत हुन। विध म्यानेजमेन्टका प्रमुख लगानीकर्ता होटल हिमालयका मालिक नविन तुलाधर हुन। उनी यसअघि ओम्नी ग्रुपमा थिए। तुलाधर ओम्नी समुहसँग अलग भएर विध म्यानेजमेन्ट कम्पनी खोलेका हुन्। उनका ब्यवसायिक पार्टनर हुन, भिमकान्त भण्डारी।

रिसर्चका लागि भनेर खोलिएको बिध म्यानेजमेन्ट प्रालिमा भण्डारी ०७६ चैत १६ बाट आवद्ध भएको देखिएको छ। उनले विधमा ०७६ मा २३ करोड र २०७७ मा ७८ करोड कारोबार गरेको उल्लेख गरेका छन । विध म्यानेजमेन्ट मार्फत सञ्चालिन ल्याबमार्फत नै तुलाधर र भण्डारीले कोभिडकालमा सरकारले गर्दै आएको कोरोना परीक्षणको दायरा बढाएर आफ्नोबाट परीक्षण गर्न मिल्ने गरी सेटिङ मिलाएको अख्तियार स्रोत बताउँछ । 

उसो त कोरोना कालमा सरकारसँगको सेटिङमा ओम्नी ग्रुपले ल्याईएका गुणस्तरहिन स्वास्थ्य सामग्री विक्रि नभएपछि तिनै सामग्री सल्टाउन विध ल्याव संचालन गरिएको आरोप पनि कतिपयले लगाउने गरेका छन्। भण्डारीले सुरुमै पहुँच र प्रभावका आधारमा आफ्नो ल्याबबाट कोरोना परीक्षण गर्न मिल्ने ब्यवस्था मिलाएका थिए ।

यस्तो छ अन्य क्षेत्रमा लगानी
भण्डारीले विध अटो मोबाइल प्रालिमा ४० लाख, सेवा रेमिटका नाममा २ लाख ७५ हजार, माडी खनिज सप्लायर्स प्रालिमा १ करोड र बीएन डेभलपर्स प्रालिमा ५२ लाख ५० हजार रुपैयाँ लगानी गरेका छन।

भण्डारी र पत्नी विमलाका नाममा काठमाडौं र ललितपुरमा ३ करोड ३५ लाख ३० हजार रुपैयाँको घरजग्गा छ। उनीहरुले त्यो घरजग्गा स्वआर्जनबाट खरिद गरेको देखाएका छन तर, अख्तियारले भने त्यसको स्रोत नखुलेको जनाएको छ। विभिन्न ४५ वटा संस्थामा १ हजार ४ सय ७८ कित्ता सेयर आफू र परिवारका सदस्यका नाममा खरिद गरेका छन्। जसको मुल्यांकन २ लाख ४५ हजार ८ सय ५० रुपैयाँ कायम गरिएको छ। उनले आफनो नाममा मात्रै १८ संस्थामा सेयर राखेको अख्तियारले जनाएको छ। उनले रूपन्देहीमा १० धुर र दक्षिणकालीमा आफ्नो नाममा ३ करोड ३७ लाख बराबरको ६ रोपनी ५ आना जग्गा जोडेको देखाएका छन । त्यो पनि वैध स्रोतबाट जोडेको नदेखिएको अख्तियारले उल्लेख गरेको छ ।

अख्तियारले जनाए अनुसार भण्डारीले जग्गा खरिदमा ३ करोड ३५ लाख ३० हजार, रजिस्ट्रेसन दस्तुर १६ लाख ६९ हजार १ सय, विध म्यानेजमेन्टमा भएको लगानी १ करोड, विध अटो मोबाइलमा ४० लाख, माडी खनिजमा भएको १ करोड, बीएन डेभलपर्समा ५२ लाख ५० हजार, सेवा रेमिटमा २ लाख ७५ हजार, सेयर खरिदमा २ लाख ४५ हजार ८ सय ५० र बैंक मौज्दात ९५ हजार ६ सय २२ गरी कुल लगानी ६ करोड ५० लाख ६५ हजार ४ सय ४२ उल्लेख गरेका छन्।

तर स्रोत खुल्ने सम्पत्ति भने २६ लाख ६१ हजार ६ सय ३६ को मात्रै छ । बाँकी सबै सम्पत्ति अकुत आर्जन वा कसैले कालो धन लगानी गर्न दिएको हुन सक्ने अख्तियार स्रोत बताउँछ । कृषि आयदेखि व्यापार–व्यवसायलगायतलाई आधार बनाएर भण्डारीले आफ्नो अकुत सम्पत्तिलाई वैध बनाएका छन्। तर, लगानीको स्रोत भने खुलाउन सकेका छैनन । पैतृक सम्पत्ति विवरण पनि खुलाउन नसक्ने अख्तियारको बयानमा उल्लेख गरेका छन ।

वर्षमानको सचिवालयमा हुँदै ठेक्कापट्टा

सरकारी जागिरमा छँदा काज मिलाएर महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा मन्त्रीको सचिवालयमा रहेका उनी २०७४ चैतदेखि उर्जामन्त्री वर्षमान पुनको सचिवालयमा थिए । सचिवालयमा रहँदा पनि सेटिङ गर्ने र अपार्दर्शी खर्च गर्ने गरेको उनीमाथि आरोप लागेको थियो। 

उर्जामन्त्रीको सचिवलायमै रहँदा नै उनले विध म्यानेजमेण्ट प्रालि दर्तादेखि आरडीटी किटको ब्यापारसमेत गरेका थिए। कानून अनुसार सरकारी कर्मचारीले कुनै ठेक्कापट्टाको काम गर्न नपाउने भएपनि भण्डारीले कोरोना भाइरस जाँच गर्ने भनिएको आरडीटी किट किन्ने २३ करोडको ठेक्का हात पारेका थिए। कोरोना भाइरसको महामारी शुरु भएपछि स्वास्थ्य सामग्री खरिदको ठेक्का पाएको ओम्नी समूह चौतर्फी आलोचनामा परेपछि विध म्यानेजमेण्ट प्रालि मन्त्रालयमा भित्रिएको थियो । 

स्वास्थ्य सामग्री आपूर्तिमा कुनै अनुभव नभएको र दर्ता भएको एक वर्ष पनि नपुगेको यो कम्पनीलाई स्वास्थ्य सेवा विभागले शुरुमा १९ वैशाख २०७७ मा ५ करोड ६५ लाखको आरडीटी किट खरीदको जिम्मा दिएको थियो । लगत्तै ३० जेठ २०७७ मा विभागको आपूर्ति व्यवस्थापन शाखाबाट थप रु ९ करोड ४५ लाख मूल्यको आरडीटी किट खरीद गर्ने ठेक्का पाएको बिधले ३ असार २०७७ मा रु ७ करोड ७५ लाख ३६ हजार ५६० को अर्को ठेक्का पाएको थियो ।
 
भण्डारीको आधिकारीक ब्यवसाय यात्रा भने यहीबाट सुरु भएको देखिन्छ। पूर्वकर्मचारी समेत भएकाले कर्मचारीलाई कसरी रिझाउने, कसरी सेटिङमा काम हात पार्ने, मिडियालाई कसरी मिलाउने उनलाई राम्रो जानकारी रहेको निकटका ब्यक्तिहरु वताउँछन्।

रासायनिक मलमा खेलामेला
धान रोपाई गर्ने समयमा अहिले मुलकले रासायनिक मलको अभाव झेल्नु परेको छ। मल नपाएर किसानहरु आँसु झारिरहेका छन् । प्रतिनिधिसभाले सरकारलाई मल उपलब्ध गराउन निर्देशन दिएको छ । तर, अहिलेसम्म मलको कुनै ब्यवस्थापन हुन सकेको छैन।

‘रासायनिक मल कृषि उत्पादन वृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलब्ध नभएको विषयमा यस सदनको गम्भीर ध्यानाकर्षण भएको छ’ प्रतिनिधि सभामा सभामुख अग्निप्रसाद सापकोटाले भनेका थिए–‘कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलव्ध गराउनका लागि संभाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधि सभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ ।’

यता, किसानलाई मल उपलब्ध गराउने जिम्मेवारी पाएका भण्डारी भने चुपचाप वसेका छन् । उनी संचालक रहेको विध म्यानेजमेन्टले रमेश सेर्पासँग मिलेर साल्ट ट्रेडिङ कर्पोसनको ५० हजार टन रासायनिक मल ल्याउने ठेक्का पाएको थियो। यो ठेक्का भण्डारी, शेर्पा लगायत ४ जनाको ज्वाईन्ट भेन्चरमा लिईएको छ। रमेस शेर्पा (सिल्क ट्रान्सपोर्ट), उर्गेन लामा (सोनाम पान्डेको भाई, सोनाम लासामा बस्छन), सोनाम भनिने एक रसुवाको ब्यापारी र विध ल्यावले उक्त ठेक्का पाएको थियो। 

ठेक्का पाए अनुसार काम भएको छैन। उनीहरुले ल्याउने भनिएको ५० हजार टन मध्ये करिव १ हजार ५ सय टन मात्रै रासायनिक मल नेपाल भित्रीएको भन्सार कार्यालयको रेकर्डले देखाएको छ। भण्डारीले भने सुरुमा विध म्यानेजमेन्टले मलको ठेक्का नै नलिएको वताएका थिए। तर, पछि भने उनले समयमा मल ल्याउन नसकिएको स्विकारेका छन्।

भण्डारीको मिडियामा लगानी
भण्डारीले एउटा अनलाईन मिडियामा समेत लगानी गरेको पाईएको छ। जुन लगानीका वारेमा अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छैन। भण्डारीको लगानी रहेको भनिएको अनलाईन मिडियाले यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हरेक समाचार लेख्दै आएको थियो। जवकी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हरेक समाचार अन्य मिडियामा भन्दा पहिला उक्त मिडियाले सम्प्रेषण गर्छ। तर, भण्डारीका विषयको समाचार हालसम्म उक्त अनलाईनले प्रशारण गरेको छैन।

 

यो पनि,

वैशाख २१ गते त्रिभुवन विमानस्थलमा वमको हल्लापछि...

पाकिस्तानबाट यसरी आयो विमानस्थलमा ‘वम’ को धम्की

३ ठाउँमा बार्गेनिङ मिलेपछी नेपाल वाचको रक्सी पार्टी !

‘नेपाल वाच’ विवादको क्लाईमेक्समा यसरी आए दिपक मनाङे !

पुष्पका दाजुलाई हटाएको रिसमा बुद्ध एयर माथि हमला!

नेपाल वाचमा काम गर्ने सरकारी कर्मचारीले गरे आफ्नै साथीको फेसबुक ह्याक !

चीनियाँ साम्राज्यवादी शक्तिको अगाडि घुँडा नटेक्दा नेपाल आज कालो सूचिमा

बार्गेनिङका लागि यसरी निस्कन्छ पत्रकारको ‘लालघोडा’

नेपाल वाचका अध्यक्षले खुलाउन सकेनन् अनलाईनमा लगानीनको स्रोत

गोरखापत्रबाट तलब, नेपाल वाचबाट बार्गेनिङः यस्तो छ अर्जुन शर्माको ‘चरीखाउ पत्रकारीता’

नेपाल वाचका संचालकको दाबी– टिमले छोडेको होइन, काम नगरेपछि निकालेको हो

अदृष्य लगानीको पोल खुलेपछी सम्पादकसहितको जम्बो टिमले नेपाल वाच छोड्यो

ओम शर्माको नाम लिएर ढुङ्गानाको बार्गेनिङ

खटेर, खपेर काम गर्ने स्वाभिमानी अनुरागीलाई मालिकले लगाए घटिया आरोप 

समाचार नहटाए युवती प्रयोग गरी फसाउँने धम्की

भीमकान्त भण्डारी

विशेष