News

१४ वर्षिया बालिकालाई यौन कार्यमा लगाउने होटल संचालकसहित ६ जना पक्राउ

१४ वर्षिया बालिकालाई यौन कार्यमा लगाउने होटल संचालकसहित ६ जना पक्राउ

१४ वर्षिया बालिकालाई यौन कार्यमा संलग्न गराएको आरोपमा प्रहरीले ताप्लेजुङबाट तीन जना होटल संचालकसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सेवाग्राही ६२ वर्षीय पुरुष पनि छन्। ती वृद्ध ग्राहकको रुपमा ती किशोरीसँग यौन कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

घट्ना अनुसन्धानकै क्रममा रहेकाले पीडकको विवरण गोप्य राखिएको ताप्लेजुङका डीएसपी कैलाश राईले वताए। पक्राउ परेका मध्ये तीन जना विरुद्ध बलात्कार, दुई जना विरुद्ध शरीर बन्धक तथा मानव ओसारपसार र एक जनालाई मतियारको रुपमा उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरेको डीएसपी राईले वताए ।

बालिकाले दिएको बयानअनुसार सेवाग्राहीबाट लिएको आधा रकम होटल सञ्चालकले राख्ने र आधा उनलाई दिने गरेको पाईएको छ। एक जना ग्राहकबाट दुई हजारसम्म लिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

आमाको मृत्यु भएको र बाबुले कान्छीआमा ल्याएपछि घरमा बस्ने वातावरण नभएर ति बालिका होटलमा भाँडा माझेर गुजारा आएकी थिईन। होटल सञ्चालकले उनको कमजोरीको फाईदा उठाएर यौन कार्यमा लगाएको प्रहरीले जनाएको छ।

उनका बुबा र कान्छी आमा सदरमुकाममै भाडामा बस्ने गरेको पाईएको छ। प्रहरीले जिल्ला अस्पतालमा बालिकाको स्वास्थ्य परिक्षण गराएको छ।
 

विशेष