News

पोखरामा पनि वढ्यो चिनियाँ नागरिकको अपराधिक गतिविधि

पोखरामा पनि वढ्यो चिनियाँ नागरिकको अपराधिक गतिविधि

साईवर अपराधमा संलग्न भएको आशंकामा प्रहरीले चिनियाँ नागरिकले पोखरामा चलाएको एक कम्पनीमा छापा मारेको छ । साइबर अपराधसँग जोडिएका गतिविधि भइरहेको आशंकामा जिल्ला प्रहरी कार्यालय, कास्कीको टोलीले कम्पनीमा छापा मारेको हो।

पोखरा–१७, ड्यामसाइटमा घर भाडामा लिएर संचालनमा रहेको कम्पनीमा कार्यरत तीन जना चिनियाँ नागरिकसहित ७५ नेपाली नागरिकलाई प्रहरीले सोधपुछ गरिरहेको छ । विस्तृत विवरण भने प्रहरीले दिएको छैन।

नेपालमा बसेर चिनियाँ नागरिकले साइबर अपराध र ठगीजन्य गतिविधि गरिरहेको सूचना पाएपछि प्रहरीले यस्ता कम्पनीहरुमाथि निगरानी गरिरहेको छ। यसअघि चिनियाँ दूतावासले दिएको सूचनाको आधारमा प्रहरीले ७ पुस २०७७ मा अपरेशन चलाएर काठमाडौं उपत्यकाबाट १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

पोखरा, विराटनगर, चितवनसहितका शहरमा गरी करिब ४ हजार चिनियाँ नागरिकले नेपालमा बसेर चीनविरुद्ध अवैध गतिविधि गरिरहेको भनिएको मध्ये काठमाण्डौंबाट १२२ जना पक्राउ परेका हुन। त्यतिवेला ठगीका मुख्य ब्यक्तिलाई प्रहरीले नै भगाएको आरोप लागेको थियो। सो आरोप सहित चिनियाँ पक्ष असन्तुष्ट भएको थियो ।

काठमाडौं उपत्यकाबाहिर चाहिं प्रहरीले यस्ता गतिविधिमा संलग्न चिनियाँविरुद्ध हालसम्म अपरेशन चलाएको थिएन । पोखरामा चलाईएको अप्रेसन उपत्यका वाहिर चलाईएको पहिलो हो।

विशेष