News

आधा जलिसकेको शव प्रहरीले लिएर हिडेपछि...

आधा जलिसकेको शव प्रहरीले लिएर हिडेपछि...

पर्साको बहुदरमाई नगरपालिका–७ विश्रामपुरमा आधा जलाई सकेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय १४ वर्षीया बालिकाले आत्महत्या गरेको भन्दै मध्यरातमा शव जलाई रहेको अवस्थामा प्रहरीले उक्त शव नियन्त्रणमा लिएको हो।

बुधबार राति करिब ११ बजे शव नियन्त्रणमा लिएर पोष्ट मार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रह्लाद कार्कीले वताए । शंकास्पद अवस्थामा मृत्य भएकी बालिकाको शव रातारात जलाउँदै गरेको सूचना पाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो। 

प्रहरी पुग्नासाथ त्यहाँ रहेका पुरुष जति सवै फरार भएकाले बाँकी रहेका तीन जना महिलालाई नियन्त्रणमा लिएर सोधपुछ कार्य भईरहेको कार्कीले वताए । 

प्रहरीले सोधपुछ गरिरहेका तीनै जना एकै परिवारका सदस्य हुन, जसमध्ये एक नाबालिका छिन्। मृतक वालिकाले आत्महत्या गरेको भनिएपछि घट्ना शंकास्पद देखिएको प्रहरीले जनाएको छ। आत्महत्या वा हत्या भन्ने पुष्टी नभएको कार्कीको भनाई छ।

प्रहरीले मृतकको समेत परिचय खुलाएको छैन। ‘प्रहरी घटनास्थलमा पुग्दा शव ५० प्रतिशत जलिसकेको अवस्थामा फेला परेको हो’ उनले भने–‘हामीले शव पोष्टमार्टमका लागि पठाएर अनुशन्धान सुरु गरेका छौं।’
 

विशेष