News

यस्तो रहेछ बालकोटमा ओली र बामदेव भेटको चुरो !

यस्तो रहेछ बालकोटमा ओली र बामदेव भेटको चुरो !

नवगठित नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले बालकोट पुगेर नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।

गौतमले बिहिबार बिहान ओलीलाई निवासमै पुगेर ओलीसँग भेटघाट गरेका हुन् । उनले ओलीपछि अन्य नेताहरुसँग पनि भेटवार्ता गर्ने जनाएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि बनेको नेकपा भंग भएर दुई पार्टी पूर्ववत अवस्थामा फर्किएपछि गौतम तटस्थ बसेका थिए । उनले फेरि पनि एकताको प्रयास गर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका छन् ।

अभियान अन्तर्गत नै गौतमले मंगलबार नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेका थिए । नयाँ दल घोषणापछि गौतमले ३ महिनासम्म एकताका लागि प्रयास गर्ने र एकता प्रयास सफल नभए नयाँ दल दर्ताको प्रक्रियामा जाने उनले बताएका छन्।

वामदेव गौतम

विशेष