News

भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

नव आतन्तुक भारतीय राजदूत नविन श्रीवास्तवले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति भण्डारी समक्ष ओहदाको प्रमाण पत्र बुझाएका हुन् ।

समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता थियो।

ओहदाको प्रमाणपत्र वुझाएपछि राजदूत श्रीवास्तवले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाएका थिए।

उनले हालै भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गरे। उनले दुई देशबीचको मैत्री सम्बन्धलाई अझै अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।

श्रीवास्तव नेपालका लागि भारतका २६औं राजदूत हुन् । पूर्व राजदूत विनय मोहन क्वात्रा विदेश सचिवको कार्यभार सम्हाल्न २०२२ अप्रिलमा दिल्ली गएपछि श्रीवास्तव नयाँ राजदूतका रुपमा नियुक्त भएका हुन् । 

भारतीय राजदूत नविन श्रीवास्तव

विशेष