सहमतिमै अलग हुदै बावुराम र उपेन्द्र, कुन नेता कस्को पक्षमा ?
आन्तरिक विवाद उत्कर्षमा पुगेपछि जनता समाजवादी पार्टी (जसपा) का दुई नेताबीच सहमतिमै अलग हुने एउटै पार्टी रहन सक्ने अवस्था नभए अलग–अलग बाटोबाटै अघि बढ्न अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच सहमति बनेको हो ।
बुधबार यादव र भट्टराईबीच लामो छलफलपछि ‘एउटै पार्टीमा बसेर हिलो छ्यापा–छ्याप गर्नुभन्दा अलग हुनु उपयुक्त हुन्छ’ भन्ने निर्णयमा पुगेको जनाईएको छ।
दुई नेताबीच यस्तो सहमति वनेपछि यादव र भट्टराईको पक्षमा खुल्ने नेताहरुको विषयमा चासो सुरु भएको छ। हाल जसपामा ३३ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ भने राष्ट्रियसभाबाहेक २१ जना सांसद् छन् । केन्द्रीय समिति ५०३ सदस्यीय छ । कार्यकारिणी समितिमा भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीका आठ जना नेता छन् ।
३४ सदस्यीय कार्यकारिणी समितिमा बाबुरामको पक्षमा बहुमत पुग्ने सम्भावना छैन। कार्यकारिणी समितिमा अहिले ३२ जना छन्। तीमध्ये महिन्द्र राय यादव, राजकिशोर यादव, गोविन्द चौधरी, अमृता अग्रहरी, रामनरेश राय यादव, हिसिला यमी, हेमराज राई, गंगा श्रेष्ठ, डम्बर खतिवडा, प्रशान्त सिंह, दुर्गा सोब, भक्तबहादुर साह बाबुरामतिर रहेको उपेन्द्र यादव पक्षको अनुमान छ।
यसअघि बाबुरामको पक्षमा रहेका नवलकिशोर साह, गजाधर रोहिता यादव र मोहम्मद इस्तियाक राईले उनको साथ छोडिसकेका छन्। पार्टीका सबै निर्णयमा यादवले एकलौटी गरेको भट्टराईको आरोप थियो। उनले पार्टीको विधानअनुसार अर्को अध्यक्ष चयन गर्न माग गरेका थिए। त्यसका लागि यादव तयार नभएपछि दुई पक्षबीच विवाद उत्कर्षमा छ।
गत वर्ष भदौमा जसपा विभाजन भएर महन्थ ठाकुर, राजेन्द्र महतोलगायतले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि ठाकुरको पद जसपामा खालि थियो। यादवमाथि भट्टराईले दबाब बढाउँदै जाँदा उनी झन्डै बहुमतनजिक पुगेका थिए। तर यादवलाई हटाउन नसके विभाजनका लागि समेत तयार हुनुपर्ने भट्टराईको प्रस्तावपछि उनलाई साथ दिएका धेरै नेताहरू पछि हटेको स्रोतको दाबी छ।
०७६ वैशाखमा यादव नेतृत्वको संघीय समाजवादी फोरम र भट्टराईको नयाँ शक्ति पार्टीबीच एकता भएर संघीय समाजवादी पार्टी बनेको थियो। संघीय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच ०७७ वैशाखमा एकता भएर जसपा बनेको थियो।