News

नेपाली मिडियामा चीनको गैरकानुनी लगानी, यसरी भयो खुलासा

नेपाली मिडियामा चीनको गैरकानुनी लगानी, यसरी भयो खुलासा

नेपालको राजनीतिमा चासो र हस्तक्षेप वढाउँदै लगेको उत्तरी छिमकी चीनले नेपालको मिडिया समेत कब्जा गर्ने प्रयास थालेको छ। संघीय हिन्दु गणतन्त्रका लागि अभियान सञ्चालन गरेको ‘राष्ट्रिय एकता अभियान’ ले यसको खुलासा गरेको हो।

अभियानले आफनो फेसवुक पेजमा नेपालको मिडियामा चिनले गरेको लगानी तथा मिडियामा विदेशी लगानी गर्न नपाईने कानुनी आधारसहितका कागजात राखेर यसको खुलासा गरेको छ। अभियानका अनुसार चीनको हस्तक्षेप र कुटनीतिक मर्यादा विपरितका कृयाकलापमा मिडिया तघारो वनेपछि उसले त्यसैलाई कब्जा गर्ने योजना अघि सारेको पाईएको छ। 

यही योजना अन्तर्गत चीनको चाइना अडियो मिडिया ग्रुप (सिएएमजी) ले काठमाण्डौं स्थित मालिकार्जुन एफएममा ३ करोड १० लाख ७ हजार ६४२ नेपाली रुपैयाँ लगानी गरेको पाईएको अभियानले उल्लेख गरेको छ। मालिकार्जुन एफएम र क्यापिटल एफएम एकआपसमा जोडिएका कम्पनी हुन। 

अभियानका अध्यक्ष विनय यादवका अनुसार यी दुवै कम्पनीका मालिन प्रकाश बाबु पौडेल हुन। उनी चाईना स्टडी सेन्टर (सिएससी) का महासचिव हुन। सिएससी चीन केन्द्रित संस्था हो। यसले विशेष गरी चीन र नेपालबीचको अध्ययन गतिविधिका क्षेत्रमा काम गर्ने गरेको छ।

चीनको सिएएमजीबाट प्राप्त उक्त रकम राज मिडिया ग्रुप प्रालि (राज टिभी) स्थापनामा खर्च गरिएको पाईएको यादवले वताए । उनका अनुसार यो विषय मालिकार्जुन एफएमको अडिट रिपोर्टमा पनि उल्लेख गरिएको छ। 

नेपालको कानुनले भने सञ्चार क्षेत्रमा विदेशी लगानी वन्देज गरेको छ।  विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा (१) मा विदेशी लगानीकर्ताले कुनै पनि उद्योगमा विदेशी लगानी गर्न र त्यस्तो लगानीबाट लाभ प्राप्त गर्न सक्ने ब्यवस्था गरिएको छ।

तर, सोही दफाको उपदफा (२) मा उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उनुसूचिमा उल्लिखित उद्योगमा विदेशी लगानीबाट सञ्चालित उद्योगले आर्जित नाफा वा अन्य कुनै कुनै तरिकाबाट विदेशी लगानी गर्न सक्ने छैन।

अनुसूचीको विदेशी लगानी खुला नगरिएका उद्योग वा ब्यवसाय महलको ७ नम्वर वुँदामा आमसञ्चारका माध्यमहरु (पत्रपत्रिका, रेडियो, टेलिभिजन, र अनलाईन समाचार) को ब्यवसाय, राष्ट्र भाषाको चलचित्र ब्यवसायमा विदेशी लगानी खुला नगरिएको उल्लेख छ।
 

विशेष