News

मुल्यवृद्धि गर्ने सरकारको निर्णयमा भ्रष्टाचारको गन्ध आयोः एमाले

मुल्यवृद्धि गर्ने सरकारको निर्णयमा भ्रष्टाचारको गन्ध आयोः एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पेट्रोलिय मदार्थमा मुल्यवृद्धि गर्ने सरकारको निर्णयमा भ्रष्टाचारको गन्ध आएको आरोप लगाएका छन् । 

मूल्य वृद्धि नियन्त्रणको माग गर्दै आफनै पार्टीले प्रतिनिधि सभामा पेश गरेको सार्वजनिक महत्वको प्रस्तावमा छलफलमा भाग लिदै एमाले नेताहरुले यस्तो आरोप लगाएका हुन। छलफलमा भाग लिंदै नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले सरकारले पेट्रोलियम पदार्थमा घटाएको १० रुपैयाँ अपुग भएको वताए। उनले समग्र मूल्यवृद्धि फिर्ता हुनुपर्ने बताएका छन् ।

मूल्यवृद्धिको निर्णय हुन लागेको सूचना चुहाएर सरकार निकट व्यक्तिहरुकोमा याँस र पेट्रोलियम पदार्थ पुर्याइएको उनले दाबी गरे । सरकार वरिपरि रहेका, बालुवाटार वरिपरिका, मन्त्री निवास वरिपरिकालाई, आफन्तका पेट्रोल पम्पलाई पहिला सुचना दिएर ग्याँस सिलिण्डर तथा पेट्रोल÷डिजल पुर्याएपछि मूल्यवृद्धि गरिएको उनले आरोप लगाए ।

उनले सरकार आफैंले बनाएको कार्यविधि विपरीत हप्तामा दुई पटक मुल्यवृद्धि गरिएको भन्दै त्यो अवैधानिक भएको बताए । सरकारले जेठ १ गते र ९ गते गरी पेट्रोलियम पदार्थमा दुई पटक मूल्यवृद्धि गरेको छ।

एमालेकै सांसद गणेश कुमार पहाडी र कृष्णभक्त पोखरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रण गरी जनजीविकाको समस्या समाधान गर्न अधिकार सम्पन्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राखे ।

मुल्यवृद्धि नियन्त्रणको माग गर्दै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमा यज्ञराज सुनुवार, गणेश कुमार पहाडी र राजेन्द्र प्रसाद लिङ्देनले समर्थन गरेका छन् । 
 

विशेष