News

१० वर्षभित्र देशलाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त बनाऔं: गगन थापा

१० वर्षभित्र देशलाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त बनाऔं: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले देशलाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त बनाउन कार्ययोजना बनाउनु पर्ने सुझाव दिएका छन् । 

मुल्य वृद्धि नियन्त्रणको माग गर्दै नेकपा एमालेले प्रतिनिधि सभामा पेश गरेको सार्वजनिक महत्वको प्रस्तावमा छलफलमा भाग लिदै थापाले यस्तो सुझाव दिएका हुन। उनले नेपाललाई दश वर्ष भित्रमा पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्ने बताए।

महत्वकांक्षी योजनाका साथ कार्ययोजना बनाएर आजैदेखि पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउन लाग्नुपर्ने उनको तर्क छ। 

‘नेपाललाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्छ। महत्वकांक्षी योजनाका साथ हामीले दश वर्षभित्र यसलाई निमिट्यान्न पार्ने भनेर लाग्यौं भने बाँच्छौं हामी। कर घटाएर मात्र हुन्न। यसको उपाय भनेको पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउने हो,’ उनले भने।

मुल्य घटाउनु मात्रै समस्याको समाधान नभएको भन्दै उनले एकतिरबाट घटाए अर्कोतर्फ बढाउनु पर्ने भएकाले त्यसको दिर्घकालिन उपाय खोज्नु पर्ने उनको भनाई थियो। सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रूपैयाँ घटाएको उल्लेख गर्दै उनले अझै मिल्छ भने मूल्य घटाएर जनतालाई राहत दिनुपर्ने बताए। 
 

विशेष