News

ओलीको राजिनामा मागेपछि भुषाललाई कारवाही गर्ने तयारी

ओलीको राजिनामा मागेपछि भुषाललाई कारवाही गर्ने तयारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन पुर्व वैशाख ३० लाई ‘राष्ट्रिय लुतो फाल्ने दिन’ का रुपमा घोषणा गरे। एमालेलाई ‘क्विन्टलको ढक’ र सत्ता गठवन्धनका दलहरुलाई ‘एक÷एक किलाको ढक’ भन्दै ब्यंग्य गर्दै वैशाख ३० पछि कतिपय दलहरुलाई सिला खोज्नु पर्ने बताउँथे।

तर, चुनावी परिणाम उनले भने जस्तो आएन। ६० प्रतिशत स्थानीय तह जित्ने दावी गरेको एमालेले अनपेक्षित नतिजा पायो। यसको झोकमा ओलीले घनश्याम भुषाल, पृथ्वी सुब्बा गुरुङ, पदमा अर्याललगायतका नेताहरुलाई कारवाही गर्ने योजना वनाएका छन् ।

पार्टी पराजयको प्रमुख कारण अन्तर्घात भएको वताउँदै आएका ओलीले सोही विषयमा बोल्ने स्थायी कमिटि सदस्य भुषाललाई स्पष्टिकरण सोध्न अनुशासन आयोगका प्रमुख केशव बडाललाई निर्देशन दिएको स्रोतले जनाएको छ।

भुषालले एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा हारको नैतिक जिम्मा लिएर पद त्याग गर्न अध्यक्ष ओलीलाई सुझाव दिएका थिए । यही मेरोमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव पद्मा अर्याललाई पनि स्पष्टिकरण सोध्ने तयारी छ।

पोखरा महानगरमा आफ्ना उम्मेदवारलाई हराउन भूमिका खेलेको गुरुङ र अर्यालमाथि आरोप छ । पोखरामा एकीकृत समाजवादीका तर्फबाट मेयरको उम्मेदवार बनेका धनराज आचार्यसँग पैसा लिएर आफ्नै उम्मेदवारलाई हराउन बनाएको योजनासहितको अडियो बाहिरिएको थियो ।

त्यो अडियोमा उपमहासचिव गुरुङ र सचिव अर्यालको पनि नाम जोडिएको छ। भुषालसहित तीनै जनालई स्पष्टिकरण सोध्ने तयारी भईरहेको एमालेका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

यस वाहेक ओलीले अन्तर्घातको विषय अगाडि ल्याएर १० बुँदे पक्षधर (तत्कालीन माधव नेपाल समूहका नेताहरु) लाई कारवाही गर्ने योजना वनाएको ति नेता वताउँछन् ।
 

विशेष