News

गठवन्धनमा आफु आफुमै अविश्वास, फेरी पनि तालमेलकै प्रयास

गठवन्धनमा आफु आफुमै अविश्वास, फेरी पनि तालमेलकै प्रयास

सत्ता गठवन्धनका दलहरु स्थानीय तह निर्वाचनको परिणामलाई लिएर एक आपसमा दोसारोपण गरिरहेका छन् । कांग्रेस र माओवादीका आफनै खाले गुनासा छन भने नेकपा एस र जसपाका अर्कैखालका गुनासा छन् ।

ति गुनासा लुकेका पनि छैनन्। सार्वजनिक रुपमै भाषणवाजी र बक्तब्यवाजी भईरहेका छन् । तर, यति हुँदाहुँदै पनि नेताहरु आगामी प्रदेश र संघीय निर्वाचनमा पनि गठवन्धन गरेर अगाडि जाने पनि भनिरहेका छन् । एक अर्कालाई धोका दिएको आरोप लगाउने अनि फेरी पनि गठवन्धन गर्ने नताहरुको अभिब्यक्ति विरोधाभास पुर्ण छ।

यसैक्रममा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनका दलहरुले स्थानीय तह निर्वाचनमा वैमानी गरेको आरोप लगाएका छन्। गठवन्धनका दलहरुले इमान्दारिता नदेखाउँदा स्थानीय निर्वाचनमा आफूहरुको पक्षमा अपेक्षित नतिजा नआएको उनको भनाई छ।

शनिवार गोरखा सदरमुकाममा आयोजित चुनावी समीक्षा कार्यक्रममा सहभागी भएका भट्टराईले गठबन्धनका अन्य दलहरुले नैतिक आचरण विपरीत काम गरेको आरोप लगाए । ‘गठबन्धनको धर्म अनुसार एक पटक निर्णय गरेपछि त्यसलाई जसरी पनि कार्यान्वयन गर्नुपथ्र्याे। तर त्यसो भएन, लोकतान्त्रिक मूल्य मान्यता र नैतिक आचरण विपरीत भयो, यसकै फलस्वरुप हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेनौ ।’– भट्टराईले भने।

स्थानीय तह भागवण्डामा सहमति गरेर पनि कांग्रेसका कारण गोरखामा निर्णय कार्यान्वयन नभएको उनले वताए । विचार नमिल्ने शक्तिहरु बिच गठबन्धन हुँदा पनि समस्या भएको उनले तर्क गरे । 

चुनावी तालमेल भएको ठाउँमा एकीकृत समाजवादीले पनि जसपालाई सहयोग नगरेको र ढाँटछल गरेको भट्टराईको आरोप छ । 
 

विशेष