News

अछाममा युवकको मृत्यु प्रकरणले तनाव वढेपछि प्रहरीले गोली चलायो

अछाममा युवकको मृत्यु प्रकरणले तनाव वढेपछि प्रहरीले गोली चलायो

१७ जेठदेखि वेपत्ता भएका अछामको पञ्चदेवल विनायक नगरपालिका – ४ का १५ वर्षिय विनोद शाहीको शव फेला परेपछि सुरु भएको तनाव नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ। प्रहरीले ८ राउण्ड हवाई फायर गरेको जनाईएको छ।

वेपत्ता भएका किशोर घर नजिकै मृत अवस्थामा भेटिएका थिए । स्थानीयले घटनाको सत्य तथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न माग गर्दै शव उठाउन दिएनन्। त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो। 

प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउन्ड हवाइ फायर र ३ राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यती गर्दा पनि आक्रोशित स्थानीयको समुहले प्रहरीलाई टेरेको छैन। उनीहरुले प्रहरी प्रशासनविरूद्व नै नारावाजी गरेका छन् ।

त्यसपछि डोटीबाट पनि थप सुरक्षाकर्मी मगाइएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो।

सोही दुई पक्षविच जेठ १७ गते पनि विवाद भयो। स्थानीय बजारमा मदिरा सेवन गरिरहेका बेला दुवै पक्षबीच झगडा भएको थियो । त्यो विवाद वढ्दै जाँदा स्थानीयवासीले प्रहरीसँग पनि विवाद गरेका थिए। राती १२ बजेसम्म करिव तीन घण्टा चलेको विवादकै क्रममा शाही वेपत्ता भएका थिए ।
 

विशेष