News

यार्सा क्षेत्रमा लेक लागेर एक विद्यार्थी र प्रहरी हवल्दारको मृत्यु

यार्सा क्षेत्रमा लेक लागेर एक विद्यार्थी र प्रहरी हवल्दारको मृत्यु

मुगुको मुगुम कार्मारोङमा लेक लागेर दुई जनाको ज्यान भएको छ। गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा उनीहरुको मृत्यु भएको हो। 

मुगुम कार्मारोङ गाउपालिका–७ महगाउँका १६ बर्षका असल तामाङको शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो भने बुधबारमात्रै यार्सा संकलकको सुरक्षार्थ खटिएका प्रहरी हवल्दार राजबहादुर सिंहको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार सिंहको कोइकी पाटनमा लेक लागेर मृत्यु भएको थियो ।

१६ वर्षिय तामाङ भने मांग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालय कक्षा ९ मा अध्यायरत विद्यार्थी हुन। टाके पाटन क्षेत्रमा यार्सा टिप्न गएका तामाङ लेक लागेर बिरामी परेका थिए । उनलाई गाउँतर्फ ल्याउँदै गर्दा छोटेचौरमा मृत्यु भएको जनप्रतिनिधिहरुले वताए ।

एक साता भित्र यार्सा क्षेत्रमा लेक लागेर मृत्यु भएको यो दोस्रो घट्ना भएको मुगुम कार्मारोङ गाउपालिका –७ का वडाअध्यक्ष शसांक लामाले जानकारी दिए ।

यार्सा टिप्न गएका सर्बसाधारणलाई हाइअल्टीच्यूटका कारण लेक लागेर बिरामी हुने गरेका छन् । उनीहरु ४५०० देखि ५५०० मिटरसम्मको उचाइको हिमरेखा क्षेत्रमा यार्सा संकलन गर्न जाने गर्छन् । लेक लागेर तत्कालै उद्वार तथा औषधि उपचार नपाए उनीहरुको अकालमै मृत्यु हुने गरेको बताईन्छ।
 

विशेष