News

सुर्य थापाले प्रचण्ड र नेपाललाई भने ‘देउवाका चुत्था नोकर’

सुर्य थापाले प्रचण्ड र नेपाललाई भने ‘देउवाका चुत्था नोकर’

नेकपा एमालेका नेता सुर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका चत्था नोकरको संज्ञा दिएका छन्।

दाहाल र नेपालले पछिल्लो समय आफुहरुलाई प्रधानमन्त्री बन्ने अफर आएको बताईरहेका वेला नेता थापाले यस्तो बताएका हुन। दाहाल–नेपालले प्रधानमन्त्री बन्ने अफर आएको वताउँदै अफर कहाँबाट आयो भन्ने विषय भने सार्वजनिक गरेका छैनन्। प्रधानमन्त्री आफर गर्ने स्रोतको जानकारी नभएपछि कतिपयले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्न थालेपछि थापाको यस्तो भनाई आएको हो । 

उनले ट्वीटरमा लेखेका छन्–‘प्रचण्ड  र मा.कु. नेपाललाई प्रधानमन्त्रीको अफर, त्यो पनि एमालेबाट ? यो निर्लज्ज आत्मस्तुति र आत्मप्रचार बाहेक केही होइन। अध्यक्ष केपी शर्मा ओलीले यस्तो अफर गर्ने सपना पनि तिनै दुई जनाले निद्रामा मात्रै देखेका हुनसक्छन्, समकालीन नेपाली राजनीतिमा यो संभव छैन।’

थापाले यस्तो लेखेपछि धेरैले केपी ओलीले त्यो अफर गरेको हुन सक्ने भन्दै सम्भावनाका कमेन्टहरु गरेका छन्। त्यसपछि थापाले आफ्नै ट्वीटमा कमेण्ट गर्दै लेखेका छन्–‘...स्वर्ग जाने भन्दै नर्कको टिकट काटेका देउवाका चुत्था नोकरहरूलाई प्रधानमन्त्री अफर गरेर कुनै बैतरणी पार हुनसक्दैन।’


 

विशेष