News

‘स्नातक गरेको छु’ भन्ने मन्त्री १२ कक्षाको परिक्षामा भेटिएपछि...

‘स्नातक गरेको छु’ भन्ने मन्त्री १२ कक्षाको परिक्षामा भेटिएपछि...

लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दीन खान यती वेला शैक्षिक प्रमाण पत्रका कारण चर्चामा आएका छन् । मायादेवी गाउँपालिका–५ को हाजीयनातुल्ला माविमा कक्षा ११ मा भर्ना भएका उनी यति वेला कक्षा १२ को परिक्षा दिदैछन्। 

शिक्षा संकायमा भर्ना भएका उनको परिक्षा केन्द्र लुम्बिनी सांस्कृतिक नगरपालिका–९ खुदाबगरस्थित खुदाबगर आदर्श माविमा छ । मन्त्री खान पहिलो दिन अंग्रेजी विषयको परीक्षामा सहभागी भए। तर, त्यसपछिका परिक्षामा भने उनी उपस्थित छैनन्।

खुदाबगर आदर्श माविका केन्द्राध्यक्ष प्रकाश शुक्लाले पनि खान अंग्रेजी बाहेका विषयको परिक्षामा सहभागि नभएको वताए । तर, उनको चर्चाको विषय यो होईन। उनले यसअघि प्रदेशसभा सचिवालयलाई बुझाएको शैक्षिक योग्यतामा स्नातक उत्तिर्ण भएको उल्लेख छ ।

१२ कक्षा नै उतिर्ण नभएका ब्यक्तिले कसरी स्नातक उत्तिर्ण गरेको भनेर झुठो विवरण वुझाए भन्ने विषय चै अहिलेको चर्चाको विषय भएको छ। 

तर, मन्त्री खानले भने आफूले झुठो विवरण नवुझाएको स्पष्टिकरण दिएका छन् । आफूले भारतको गोरखपुरबाट राजनीतिशास्तमा स्नातक गरेको उनले बताए। पछिल्लो समय शिक्षा क्षेत्र पनि पढ्नुपर्छ भन्ने लागेर शिक्षा संकायमा अध्ययन सुरु गरेको उनको भनाई छ। उनले भने– ‘मैले भारतमा पढेको कुरा झुठो होइन।’

३९ वर्षिय मन्त्री खान नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नं ४(२)बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् ।

विशेष