ग्याँस सिलिण्डर पड्किएर तनहुँमा बालिको मृत्यु
![ग्याँस सिलिण्डर पड्किएर तनहुँमा बालिको मृत्यु](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/06/gas.jpg)
तनहुँको भीमाद नगरपालिका–९, च्यानडाँडामा खाना पकाउने ग्याँस सिलिन्डर पड्किँदा एक बालिकाको मृत्यु भएको छ।
सिडिण्डर पड्किएर शिवनारायण क्षेत्रीकी १२ वर्षीय छोरी सुभेक्षाको मृत्यु भएको हो ।
ग्याँस सिलिन्डरमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए।
फाईल फोटो।