News

माईतिघरमा यसरी भयो निजगढ विमानस्थलको विरोध

माईतिघरमा यसरी भयो निजगढ विमानस्थलको विरोध

बाराको निजगढमा निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्न सर्वोच्च अदालतले गरेको आदेशको पक्षमा शनिवार काठमाण्डौमा प्रदर्शन गरिएको छ। 

टांगियाबस्ती सेवा समाज काठमाडौं र नेपाल पर्यावरण संरक्षण तथा सम्वद्र्धन संघ संयुक्त आयोजनामा प्रदर्शन गरिएको हो । माईतिरबाट ब्यानरर प्लेकार्ड बोकेर निस्किएका प्रदर्शनका सहभागिहरु नाराजुलुस गर्दै नयाँ बानेश्वर पुगेका थिए।

प्रदर्शमा सर्वोच्चको फैसला कार्यान्वयन, टांगियाबासीलाई जग्गा नापजाँच गरी लालपूर्जा वितरण, टांगियाबस्ती विकासका पूर्वाधार निर्माण गरी मूलधारमा ल्याउन माग गरिएको छ। यसैगरी, वन संरक्षण तथा सम्वद्र्धनको दिगो प्रयासका लागि पहल गर्न माग गरिएको छ।

५० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएका स्थानीयहरूलाई विस्थापित गराउने षड्यन्त्र राज्यबाट भइरहेको भन्दै प्रदर्शनकारीले आपत्ति जनाएका छन्।

सर्वोच्च अदालतको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निर्णयहरू बदर गरिदिएको छ। न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको जेठ १२ गतेको बृहत पूर्ण इजलासले वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल चाहिने भए अन्यत्र खोज्न आदेशसमेत दिएको छ।

विशेष