News

रामकुमारी झाक्रीसहित नेकपा एसका मन्त्रीको पद धरापमा 

रामकुमारी झाक्रीसहित नेकपा एसका मन्त्रीको पद धरापमा 

नेकपा एकीकृत समाजवादीमा सरकारमा प्रतिनित्व गर्ने मन्त्रीहरुलाई फिर्ता वोलाउने विषयमा छलफल सुरु भएको छ। एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधारका अनुसार सरकार गठनका क्रममा नै ६ महिनाका लागि भनेर मन्त्री पठाईएकाले हेरफेरको विषयमा छलफल भएको हो।

आइतबार बसेको चिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्ने वा नगर्ने भन्ने विषयमा शीर्ष नेताहरुबी छलफल भएको जनाईएको छ। तर, निर्णय गर्ने अधिकार भने अध्यक्ष माधबकुमार नेपाललाई छोडिएको छ।

६ महिनाका लागि भनेर पठाईएका मन्त्रीहरुले त्यो भन्दा वढि समय मन्त्रालय चलाईसकेकाले उनीहरुको वारेमा छलफल र समिक्षा भएको नेताहरुले वताए । तर, अध्यक्षले उपयुक्त ठानेमा निर्णय गर्न सक्ने उनीहरुको भनाई छ।

पार्टीले मन्त्री हेरफेरको निर्णय गरे मन्त्रीहरुले मान्नु पर्ने उपमहासचिव तुलाधरले वताएका छन् । नयाँ जानेहरुले पनि त्यसलाई स्वभाभिक रुपमा लिनुपर्ने उनको भनाई छ।
 

नेकपा एकीकृत समाजवादी

विशेष