News

नेकपा एसले नयाँ मन्त्रीको नाम प्रधामन्त्रीलाई वुझायो

नेकपा एसले नयाँ मन्त्रीको नाम प्रधामन्त्रीलाई वुझायो

नेकपा एकिकृत समाजवादीले पुराना मन्त्रीलाई सरकारबाट फिर्ता वोलाउने भएको छ। नयाँलाई मौका दिन पुरानालाई फिर्ता वोलाउने निर्णय भएको नेताहरुले वताएका छन् ।

पार्टी सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाईसकेको नेताहरुले वताए । 

भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम र हीरा केसी स्वास्थ्य राज्यमन्त्री बन्ने जनाईएको छ।

आजै वसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्ने वा नगर्ने भन्ने विषयमा शीर्ष नेताहरुबी छलफल भएको थियो।

तर, निर्णय गर्ने अधिकार भने अध्यक्ष माधबकुमार नेपाललाई छोडिएको थियो। ६ महिनाका लागि भनेर पठाईएका मन्त्रीहरुले त्यो भन्दा वढि समय मन्त्रालय चलाईसकेकाले उनीहरुको वारेमा छलफल र समिक्षा भएको नेताहरुले वताए । 

पार्टीले मन्त्री हेरफेरको निर्णय गरे मन्त्रीहरुले मान्नु पर्ने उपमहासचिव तुलाधरले वताएका थिए।

हाल समाजवादीका तर्फबाट विरोध खतिवडा स्वास्थ्य, रामकुमारी झाँक्री शहरी विकास, किसान श्रेष्ठ श्रम, प्रेम आले पर्यटन तथा भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री छन् । 

यो पनि,

रामकुमारी झाक्रीसहित नेकपा एसका मन्त्रीको पद धरापमा

विशेष