News

मधेशमा १२ पढ्ने छात्रालाई ल्यापटप, साईकलको पैसा विद्यालयमा

मधेशमा १२ पढ्ने छात्रालाई ल्यापटप, साईकलको पैसा विद्यालयमा

मधेश सरकारको ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रमलाई परिमार्जन गरी आगामी वर्षदेखि साईकल खरिद गर्ने पैसा सिधै विद्यालयमा पठाईने भएको छ। मुख्यमन्त्री कार्यालय अन्तर्गत हुँदै आएको यो कार्यक्रम अख्तियारको हस्तक्षेपका कारण परिमार्जन गरिएको हो ।

प्रदेश सभा सचिवालयमा आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि साइकल किन्ने रकम सिधै विद्यालयमा पठाउने जनाएका छन् ।

गत असोजमा साइकल खरीदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात नियन्त्रणमा लिएको छ । यो मुद्दाको किनारा नलागेपछि प्रदेश सरकारले साइकल खरीदका लागि सम्बन्धित विद्यालयलाई नै रकम उपलब्ध गराउने भएको हो । प्रदेश सरकारले सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने छात्राका लागि साइकल वितरण गर्दै आएको छ।

यसैगरी, सामुदायिक विद्यालयमा कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने कार्यक्रम ल्याईएको छ। ल्यापटप वितरण पछि त्यसको अनुगमन सामाजिक विकास मन्त्रालयले गर्नेछ।

नीति तथा कार्यक्रममा शिक्षालाई गुणस्तरीय बनाउन योगदान दिने २४ जना शिक्षकलाई प्रत्येक बर्ष मधेश शिक्षा पुरस्कारबाट सम्मान गर्ने पनि उल्लेख छ ।
यस्तो छ मधेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

मधेश सरकार

विशेष