News

मन्त्री हेरफेरले नेकपा एसमा खटपट, खतिवडा भन्छन्–मलाई जानकारी छैन

मन्त्री हेरफेरले नेकपा एसमा खटपट, खतिवडा भन्छन्–मलाई जानकारी छैन

पुरानालाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णयले नेकपा एकिकृत समाजवादी पार्टीमा खटपट सुरु भएको छ। फिर्ता बोलाईएका मन्त्रीहरुले पार्टीको कुनै पनि कमिटिमा यस विषयमा आधिकारीक निर्णय नभएको प्रतिक्रिया दिन थालिसकेका  छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले पार्टीले मन्त्री फिर्ता बोलाउनेबारे गरेको निर्णय आफुलाई जानकारी नभएको वताए । पार्टीको कुनैपनि बैठकले यस्तो निर्णय नगरेको उनको दावी छ। 

आफू अहिलेसम्म स्वास्थ्यमन्त्री रहेको र हटाउन वारे पार्टीले केही निर्णय नगरेको उनले बताए। नेकपा एकीकृत समाजवादीको आईतवार वसेको वैठकले खतिवडासहितका अन्य ४ जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

गैरसांसद मन्त्री गोविन्द बन्दीलाई कानुनमन्त्रीबाट भने फिर्ता बोलाइएको छैन्। यसैगरी स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको छ। भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन प्रधानमन्त्री देउवालाई नामावली वुझाईएको छ।

मन्त्रीबाट हटाउन लागेको सूचना पाउने बित्तिकै मन्त्रीहरु प्रेम आले र विरोध खतिवडा पार्टी कार्यालयमा अध्यक्ष नेपाललाई भेटन पुगेका थिए । तर, खतिवडाले आफुलाई जानकारी नै छैन भन्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ। मन्त्री परिवर्तनपछि २ जना नेता पार्टीमा नरहने चर्चा समेत सुरु भएको छ। तर मन्त्रीबाट हटाएपछि दुई जना नेता पार्टीमा नरहेन भन्ने कुरा के हो ? भन्ने प्रश्नमा अध्यक्ष नेपालले भने–‘पछि भनौँला ।’

यो पनि,

नेकपा एकिकृत समाजवादी

विशेष