News

यस्तो भनेपछि किन छोड्थे ओलीले, भुषाललाई कारवाही गर्ने पत्र सचिवालयमा

के भने भुसालले, जस्का कारण ओली फायर भए ?

यस्तो भनेपछि किन छोड्थे ओलीले, भुषाललाई कारवाही गर्ने पत्र सचिवालयमा

अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका कारण नेता घनश्याम भुषाललाई कारवाही गर्न नेकपा एमालेमा अन्तिम कसरत भईरहेको छ। अध्यक्ष ओली स्वयम्ले भुषालमाथि कारावही गर्न अनुशासन आयोगलाई आदेश दिएको कुरा वाहिर आई सकेको छ।

तर, विधानअनुसार आयोगले उनीमाथि सोझै कारवाही गर्न नमिल्ने भएपछि आयोगले यसको जिम्मा पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ। भुसालमाथि कारबाही गर्न बुधबार केशव बडालको अध्यक्षतामा केन्द्रीय अनुशासन आयोगको बैठक बसेको थियो।

बैठकले सोझै कारवाही गर्न थालेपछि कतिपय नेताहरुले त्यसले निम्त्याउने खतराको संकेत देखाएका थिए । त्यसपछि आयोगले भुसाललाई कारवाही गर्न सचिवालयसमक्ष लिखितरुपमा सिफारिस गरेको जनाईएको छ।

भुसालले स्थानीय तह निर्वाचन पछि पूर्ण नतिजा सार्वजनिक नहुँदै एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अध्यक्ष ओलीको असफल भईसकेको वताएका थिए । ओलीकै इच्छाका कारण संसद वन्द गरिएको र विना सर्त संसदका गतिविधिमा सहभागि हुनु परेको भन्दै त्यो गलत प्रमाणित भएको वताएका थिए ।

यति मात्रै होईन, पार्टी विभाजनको समयदेखि नेतृत्वले खेलेको गलत भुमिकाका कारण पार्टीले स्थानीय तहमा अहिलेको अवस्था भोग्नु परेको उनको भनाई थियो। ‘चुनाव हामीले भने जस्तो भएन, किन भन्नु हुन्छ भने सामान्यतया हामी पार्टी विभाजन देखि नै गलत वाटोमा हिड्याथ्यौ। संसद विघटन गलत थियो’ उनले भनेका छन्–‘संसद विघटन गलत थियो भन्ने कुरा त यो संविधान रहेसम्मका लागि स्थापित भईसक्यो। यस्ता कुरा नगरौं अव, भईहाल्यो हामीले गल्ती गरिहाल्यौ। अव यो ठिक थियो भन्न नजाउँ सम्म भनेको मैले चै। तर, हाम्रो कुरा लागु भएन।’

महाधिवेशनमा ओलीले खेलेको भुमिकाको समेत आलोचना गरेका भुसालले पार्टी विभाजन पछिका यस्तै कारणले अहिलेको अवस्था आएकाएको दावी गरे। उनले अध्यक्ष ओली सत प्रतिशत असफल भएको जिकिर गरेका थिए ।

‘ओलीको प्रयोग असफल भयो भन्ने सय प्रतिशत स्थापित भयो। एउटा प्रकृया पुर्याएर नेता हुनु भयो, तर उहाले गरेको प्रयोग असफल भयो’ उनले भनेका छन्–‘एमाले भनेको ओली, ओली भनेको एमाले भएकाले दुवै असफल भएका हुन।’

केन्द्रिय कमिटिमा प्रस्तुत भएको रिपोर्टका आधारमा एमालेले १६० स्थानीय भन्दा वढि जित्नै नसक्ने अवस्था देखिएको वताएका उनले अहिले प्राप्त परिणाम वर्तमान नेतृत्व र अहिलका कृयाकलापका कारण भन्दा पनि धेरै अघिदेखि पार्टीले खेलेको भुमिकाका कारण प्राप्त भएको वताएका थिए ।

लिडरले यस्को जिम्मा लिनु पर्ने उनले वताएका छन् । 

यो पनि,

ओलीको राजिनामा मागेपछि भुषाललाई कारवाही गर्ने तयारी

विशेष