News

किन घनश्याम भुषालको कारवाहीको प्रतिक्षामा छन् प्रचण्ड ?

किन घनश्याम भुषालको कारवाहीको प्रतिक्षामा छन् प्रचण्ड ?

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल स्थानीय तह निर्वाचनपछि नेकपा एमालेमा देखिएको विग्रहबाट फाईदा उठाउन सकिन्छ की भन्ने आशामा देखिएका छन् । आइतबार आफ्नै निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उनले यस्तो आसय ब्यक्त गरेका हुन ।

खास गरी पछिल्लो समय नेता घनश्याम भुषालका कारण देखिएको एमाले भित्रको अस्थिरतालाई दाहालले माफु वलियो हुने संकेतका रुपमा लिएका छन् । वैठकमा उनले कतिपय पार्टीमा विभाजनको खतरा देखिएको र यो आफ्नो पार्टीका लागि अवसर हुन सक्ने बताएको एक नेताले वताए ।

दाहालले सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न पनि भइरहेको बताए। स्थानीय निर्वाचनमा अपेक्षित परिणाम नआएपछि एमालेभित्र खैलाबैला मच्चिएको र अध्यक्ष केपी ओलीले आफ्नै पार्टीका नेताहरुका कारण पार्टी हारेको बताएका छन् भने अध्यक्षको आलोचना गरेकोमा नेता घनश्याम भुसाललाई कारबाही गर्ने तयारी गरेका छन्।

स्थानीय निर्वाचनको समीक्षा गर्न, पार्टी पदाधिकारीलाई पूर्णता दिन र सरकारले हालै ल्याएको बजेटबारे छलफल गर्न बैठक बसेको थियो।

विशेष