News

साताको दुई दिन सार्वजनिक विदा दिने निर्णय विरुद्ध रिट

साताको दुई दिन सार्वजनिक विदा दिने निर्णय विरुद्ध रिट

साताको दुई दिन सार्वजनिक विदा दिने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले रिट दायर गरेका हुन् । मन्त्रिपरिषदले आवश्यक विचार विमर्श नै नगरी सातामा दुई दिन सार्वजनिक विदा दिएको भन्दै उनीहरुले रिट दायर गरेका हुन।

आइतबार पनि सार्वजनिक विदा दिने वैशाख २६ गतेको निर्णय बदर गर्न परमादेश माग गरेका छन् । मन्त्रिपरिषदको वैशाख २६ गतेको निर्णय अनुसार जेठ १ देखि सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक विदा कार्यान्वयन भइरहेको छ । 

विशेष