News

अंश मुद्दाका झगडियाले अदालतमै गोली चलाएपछि...

अंश मुद्दाका झगडियाले अदालतमै गोली चलाएपछि...

अंश मुद्दाका झगडियाले सोमवार नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमै गोली चलाएका छन् ।

सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले अदालत परिसरमा गोली चलाएर फरार भएको प्रहरीले जनाएको छ। उनले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको प्रहरीको दावी छ।

जिल्ला प्रहरी कार्यालयका एसपी ऋषिराम कँडेलले गोली कसैलाई नलागेको वताएका छन् । काकी भतिजा बीचको अंश मुद्दामा सोमबार मिलापत्र गर्ने तयारी थियो । यही क्रममा हर्षरामले काकीलाई गोली हानेको जनाईएको छ।

गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 

विशेष