News

आईतवारको सार्वजनिक विदा खारेज

आईतवारको सार्वजनिक विदा खारेज

आइतबारको सार्वजनिक विदा खारेज भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि लागु हुने गरी आइतबारको सार्वजनिक विदा नदिने निर्णय गरेको हो।

गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले परिक्षणका लागि भन्दै सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो। सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि  शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।

एक महिना पनि लागू नहुँदै सरकार आफनै निर्णयबाट पछि हटेको छ। सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो । 
 

विशेष