News

माधवप्रति रावलको टिप्पणी– सत्ताका लागि निर्वस्त्र देखिनु लोकतन्त्रका लागि घातक

माधवप्रति रावलको टिप्पणी– सत्ताका लागि निर्वस्त्र देखिनु लोकतन्त्रका लागि घातक

नेकपा एमालेका नेता भीम रावलले नेकपा एकिकृत समाजवादीको मन्त्री फेरवदल गर्ने निर्णयको चर्को आलोचना गरेका छन् । मन्त्री परिवर्तनको विषयमा उनले ट्वीटर मार्फत आफनो धरणा सार्वजनिक गर्ने क्रममा यसरी आलोचना गरेका हुन।

रावलले खास गरी गैर सांसदलाई मन्त्री वनाईएकोमा असन्तुष्टि जनाएका छन् । कसैलाई ६ महिने मन्त्री बनाउन र विपरित सिद्धान्तका दलसँग पद र सत्ताका लागि स्वार्थसाधन गर्न नेताहरु निर्वास्त्र मैदानमा देखिनु लोकतन्त्रका लागि घातक भएको उनको टिप्पणी छ।

‘अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसंग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो’ उनले लेखेका छन्–‘देश र जनताको निस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनु पर्छ।’

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी जोगाउने नाममा ६ महिना नपुग्दै मन्त्री फेरेको र त्यस्मा पनि दुई जना गैरसांसदलाई मन्त्री वनाएको विषयमा रावलको यस्तो टिप्पणी आएको हो।

भीम रावल नेकपा एकिकृत समाजवादी माधवकुमार नेपाल

विशेष