गगन थापाको सुझावः सार्वजनिक पद धारण गरेर यौन हिंसा गर्नेलाई थप दुई वर्ष कैद
![गगन थापाको सुझावः सार्वजनिक पद धारण गरेर यौन हिंसा गर्नेलाई थप दुई वर्ष कैद](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/hnalfa_65/2020/02/gagan-thapa.jpg)
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यौन हिंसाको घट्नामा सार्वजनिक पद धारण गरेका ब्यक्तिको संलग्नता पाईए थप दुई वर्ष बढी कैद सजाय गर्नुपर्ने सुझाव दिएका छन् ।
यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा भाग लिंदै थापाले यस्तो सुझाव दिएका हुन् । उनले भने– ‘सार्वजनिक पद धारण गरेकोले यदि पीडितहरुलाई धम्काउने, प्रलोभनमा पार्ने कुरा गर्दा ६ महिना बढी कैद भनिएको छ, यसलाई कम्तिमा पनि दुई वर्ष बनाउनुपर्छ,’ उनले भने ।
कतिपय जनप्रतिनिधिहरु पनि यस्तो काममा संलग्न भएको देखेको बताउँदै थापाले कैद सजायको अवधि बढाउनुपर्ने सुझाव दिए। विधेयकमा सार्वजनिक पद धारण गरेका व्यक्तिले यौन हिंसा गरेको भए थप ६ महिना कैद सजाय हुने उल्लेख छ ।
बलात्कृत भएको पीडितलाई गर्भपतन गराउने समयको सन्दर्भमा र उमेरको आधारमा जुन सजाय तोकिएको छ, उमेर मात्र होइन, अवस्था र प्रकृतिको आधारमा थप्नुपर्ने उनले सुझाव दिए ।
गगन थापा