News

मन्त्री फेर्ने वजारको निर्णय वजारमै सकियो, सपथ ग्रहण अलपत्र

मन्त्री फेर्ने वजारको निर्णय वजारमै सकियो, सपथ ग्रहण अलपत्र

नेकपा एकिकृत समाजवादीले मन्त्री बन्न पठाएकाहरुलाई प्रधानमन्त्री शेरवहादुर देउवाले अस्विकार गरेका छन् । देउवाको यो कदमले पार्टीबाट मन्त्रीहरु फिर्ता बोलाउने अध्यक्ष माधबकुमार नेपालको निर्णय कार्यान्वयन नहुने भएको छ। 

देउवाले छोटो समयका लागि मन्त्री हेरफेर गर्न नहुने अडान लिएका छन् । आइतबार पार्टी सचिवालय बैठक बसेर एकीकृत समाजवादीले पुराना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

तर, यो निर्णय कार्यान्वयन गर्न देउवा तयार भएनन्। स्रोतका अनुसार एकीकृत समाजवादीकै आन्तरिक कारणले नयाँ मन्त्रीको नाम औपचारिक रुपमा प्राप्त भएको छैन।

समाजवादीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा जीवनराम शर्मा, शहरी विकास मन्त्रीको रुपमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा मन्त्री भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रुपमा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको रुपमा सिफारिस गरेको थियो।

नयाँ मन्त्रीहरुले सोमबार दिउँसो शपथग्रहण गर्ने कार्यक्रम थियो। यसैविचमा सोमबार बिहान करिब २ घण्टा बालुवाटारमा प्रचण्ड, नेपाल र देउवाका विचमा छलफल भएको हो। छलफलमा केही समयका लागि मन्त्रिमण्डल हेरफेर गर्न आफूले नचाहेको देउवाले बताएका थिए। 

देउवाको यो प्रतिक्रियापछि समाजवादीका नेता तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले बजारबाट भएको निर्णय बजारमै सकिएको प्रतिक्रिया दिएका छन्। 
 

विशेष