News

लुटपाटमा प्रहरीको टोली नै संलग्नः हवल्दार पक्राउ, दुई प्रहरी फरार

लुटपाटमा प्रहरीको टोली नै संलग्नः हवल्दार पक्राउ, दुई प्रहरी फरार

प्रहरीले डाका मुद्दामा प्रहरीलाई नै पक्राउ गरेको छ। प्रहरीले नै मिलेर व्यवसायीको ३५ लाख रुपैयाँ लुटपाट गरेको भेटिएपछि प्रहरी वृत्त मालिगाउँका हवल्दार सालिकराम नेपालीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

मालिगाउँका थप दुईजना प्रहरी फरार छन् । पक्राउ पर्नेमा नेपालीसहित नुवाकोटका पेम्बा तामाङ छन् । उनीहरुलाई प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार जेठ ८ गते सस्तोमा एक किलो सुन विक्री गर्ने भन्दै एक समूहले एक जना व्यवसायीलाई बोलाएको थियो । पैसा लिएर गएका ब्यापारी सुन किन्ने ठाउँमा नपुगी अज्ञात समूहको लुटपाटमा परे।

अनुसन्धान गर्दै जाँदा लुटपाट गर्ने समूह प्रहरी नै भएको पाईएपछि उनीहरुलाई पक्राउ गरिएको मैनालीले जानकारी दिए । पक्राउ परेका विरुद्ध मुलुकी अपराध (संहिता) को डाँका चोरी सम्बन्धी कसूरमा अदालतबाट अनुसन्धानका लागि ५ दिन म्याद लिईएको छ।

विशेष