News

मन्त्री आलेको फोहोरी मुखः आफनै पार्टीका नेतालाई ‘चिप्ले चोर’ भन्न भ्याए

मन्त्री आलेको फोहोरी मुखः आफनै पार्टीका नेतालाई ‘चिप्ले चोर’ भन्न भ्याए

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमकुमार आले ‘फोहोरी’ बोल्नमा पोख्त छन् । केही समयअघि सामाजिक सञ्जालबाट वाहिरिएको अडियोले पनि उनी कती फोहोरी शब्द प्रयोग गर्छन भन्ने पुष्टि भएको हो।

मन्त्री आलेले त्यो प्रकरणमा माफी समेत मागेनन्। वरु, मैले जे गरें ठिकै गरें भन्ने आसयमा अभिब्यक्ति दिईरहे। तर, पछिल्लो पटक त उनले आफनै पार्टीका नेताहरुलाई ‘चिप्ले चोरहरु’ भन्दै गाली गर्न थालेका छन् ।

पशुपति क्षेत्र विकास कोषले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले पार्टीभित्रका केही नेतालाई ‘चिप्ले कीरा र चिप्ले चोर’ को संज्ञा दिए। उनीहरुले आफनो बदनाम गरिरहेको आलेको आरोप छ।

मन्त्री आलेले आफु मन्त्रीको भोको नरहेको वताउँदै अरुलाई मौका दिँदा आफू खुसी नै हुने बताए। आफूहरू ६ महिनाका लागि मन्त्री बनेको स्मरण गर्दै उनले ८ महिना सरकारमा बसिसकेकाले अव अरुलाई मौका दिदा फरक नपर्ने उनको भनाई थियो।

‘मन्त्रिमण्डल निर्माण गर्दा नै ६ महिनाका लागि हामीलाई तोकिएको थियो। तर अहिले आठ महिना भइसक्यो। दुई महिना त हामीले ग्रेस मार्क पाइसक्यौं। मैले मेरो पार्टीका आदरणीय नेता माधवकुमार नेपाललाई त्यति बेलै भनेको थिएँ अरू साथीहरूलाई मौका दिने इच्छा छ भने दिनुस्, म खुसी छु। तर, हाम्रै पार्टीभित्रका चिप्ले चोरहरू, चिप्ले किराहरू आलेले धेरै चलखेल ग¥यो भनेर अन्तर्वार्ता दिइरहेका छन्’– उनले भने।

तर, मन्त्रीबाट हटाउन लागेको सूचना पाउने बित्तिकै मन्त्रीहरु प्रेम आले र विरोध खतिवडा पार्टी कार्यालयमा अध्यक्ष नेपाललाई भेटन पुगेका थिए । 
 

प्रेम आले

विशेष